पर्यटन समस्या साट्दै पोखराका र मुस्ताङका पर्यटन व्यावसायी

पोखरा, १५ जेठ/नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) गण्डकी प्रदेशको टोली पर्यटन प्रवद्र्धन गर्न अहिले मुस्ताङमा छ । शनिबार फाम टुर सुरु गरेको टोली कोराला नाका अवलोकन गरी फर्किएको हो ।

टोलीले लोमान्थाङमा अन्तक्र्रिया गरेको छ । लोमान्थाङ दरबार परिसरमा त्यहाँका होटल व्यवसायीसँग पर्यटन प्रवद्र्धनबारे छलफल भएको हो । यसअघि टोलीले म्याग्दीका व्यवसायीसँग छलफल गरिसकेको छ ।

लोमान्थाङ ५ का वडाध्यक्ष रिन्जिन दोर्जे विष्टले अपर मुस्ताङको विकासले गण्डकी प्रदेशकै पर्यटनमा उल्लेख्य योगदान दिने बताए । उनले यहाँ प्राकृतिक र सांस्कृतिक सम्पदाले धेरैलाई लोभ्याउने बताए ।

लोमान्थाङका पर्यटन व्यवसायीले पर्यटनको प्रवेश शुल्क घटाउन माग गरेका छन् । कार्यक्रममा लोमान्थाङ होटल व्यवसाय संघका अध्यक्ष छेवाङ जिग्मे विष्ट, भ्रमण कार्यक्रम संयोजक कुलचन्द्र शर्मा, नाटा अध्यक्ष सन्तोष पोखरेल, नेपाल पर्यटन बोर्ड गण्डकी निर्देशक मणि लामिछाने लगायतले बोलेका थिए । लोमान्थाङका पर्यटन व्यवसायीले त्यहाँ ४ सय पर्यटकलाई राख्ने क्षमता भएको बताए ।

५ दिने अवलोकन भ्रमणबाट टोली १५ गते पोखरा फर्किनेछ । टोलीमा नाटा गण्डकी प्रदेश संघमा आवद्ध सदस्य, नेपाल पर्यटन बोर्ड, विभिन्न पर्यटकीय संघ संस्थाका अध्यक्ष, प्रतिनिधि तथा पत्रकारसहित ४२ जना सहभागी छन् ।

कमेन्टहरु
Loading...