बंगाल ट्राभल मार्टमा पोखरा नाइट

सिलिगुडी, १४ फागुन / उत्तरपूर्वी भारतकै ठूलो पर्यटन मेला बंगाल ट्राभल मार्ट (बीटीएम) मा सहभागीले पोखरा घुम्न चासो देखाएका छन् । सिलिगुडीमा भएको बीटीएममा भारत, भुटान तथा बंगलादेशका ट्राभल तथा टुर एजेन्सीबीच पोखरा आकर्षणमा परेको हो ।

शनिबारदेखि सोमबारसम्म भएको बीटीएममा नेपाल कक्ष नै स्थापना गरिएको थियो । नेपाल कक्षमा पोखरा पर्यटन परिषद अन्तर्गत १२ व्यवसायी आफ्नो स्टल राखेका थिए । पर्यटन बोर्ड र नेपाल एसोसियसन अफ ट्राभल एन्ड टुर एजेन्ट्स (नाट्टा) को स्टल समेत नेपाल कक्षमा थियो । पश्चिम बंगाल, सिक्किम सहित उत्तरपूर्वी भारतमा रहेका ट्राभल तथा टुर अपरेटरले नेपाल कक्षमा पुगेर पोखरामा उपलब्ध प्याकेजको जानकारी लिए ।

पोखराका ट्राभल, टुर, होटल, रेस्टुरेन्ट व्यवसायीले पोखराका पर्यटकीय स्थान, साहसिक गतिविधि, धार्मिक गन्तव्य, सांस्कृति विविधताका बारेमा अवगत गराए । परिषदको भारत सेल्स मिसन २०२० अन्तर्गत पोखराका व्यवसायी सिलिगुडी पुगेका हुन् । आइतबार साँझ पोखरा विशेष कार्यक्रम ‘पोखरा नाइट’ आयोजना गरियो । पोखरा नाइटमा पर्यटन बोर्डका अधिकृत जयशक्ति सर्राफले पोखराको बारेमा प्रस्तुतीकरण गरे । पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले बीटीएममा सहभागीलाई पोखरा भ्रमणको निम्तो दिए ।

उनले भारत, भुटान र बंगलादेशका पाहुनालाई पोखरामा स्वागत गर्न आतुर रहेको बताए । नाट्टा केन्द्रीय अध्यक्ष अच्युत गुरागाइ“ले साहसिक पर्यटनका लागि पोखरा उत्कृष्ट गन्तब्य भएको उल्लेख गरे । प्राकृतिक दृश्यस“गै विभिन्न संस्कृतिको अवलोकन गर्न पोखरा पुग्नैपर्ने उनको भनाइ थियो । ‘ताल किनारमा बसेर कफि पिउ“दै किताब पढ्नु जत्तिको मज्जा अरु के होला,’ बीटीएमका सहभागीबीच उनले भने, ‘त्यसका लागि पोखराभन्दा उपयुक्त ठाउ“ अन्त छैन ।’

भारत सेल्स मिसनका संयोजक राजेश पहारीले आतिथ्यताको सवालमा पोखरा उत्कृष्ट रहेकोले छिट्टै भ्रमण गर्न आग्रह गरे । उनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन भारतीय पर्यटकको महत्वपूर्ण भूमिका हुने बताए । पोखरा नाइटमा नेपालको संस्कृति झल्किने प्रस्तुती राखिएको थियो । भारतको इस्टर्न हिमालय ट्राभल एन्ड टुर अपरेटर्स एसोसियसन (इटोआ) ले आयोजना गरेको मेलामा नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद र नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) अन्तर्राष्ट्रिय एसोसियट पार्टनर हुन् । मेलामा ८० भन्दा बढी स्टल छन् । बंगाल ट्राभल मार्टमा पोखरा पर्यटन परिषदको यो पा“चौं सहभागिता हो ।

चीनमा नोबेल कोरोना भाइरसको सन्त्रासले पोखराको पर्यटन समेत सुस्ताएपछि व्यवसायीले भारतको उत्तरपूर्वी सहरमा प्रवद्र्धन थालेका हुन् । पोखराका पर्यटन व्यवसायी पश्चिम बंगालको सिलिगुडीस“गै कोलकातामा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने छन् । मंगलबार कोलकाता र पोखराका पर्यटन व्यवसायीबीच बीटूबी सेल्स मिसन कार्यक्रम हुने छ । उक्त कार्यक्रममा पोखराका पर्यटन व्यवसायीले कोलकाताका पर्यटन व्यवसायीलाई आफ्ना प्याकेजका बारेमा जानकारी दिनेछन् । पोखरामा भारतीय पर्यटक आकर्षित गर्न व्यवसायीले योजना प्रस्तुत गर्नेछन् । कोलकाताबाट बागडोरा, भद्रपुर, काठमाडौं हु“दै उक्त टोली फागुन १५ मा पोखरा फर्किने छ ।

चीनको विकल्पमा भारत

परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले भारतका उत्तरपूर्वी सहरमा विगतमा भएका प्रवद्र्धनात्मक कार्यक्रमले भारतीय पर्यटकको पोखरा आगमनमा वृद्धि भएको बताउँछन् । उनले यतिबेला कोरोना भाइरसले चिनिया“ पर्यटकको आगमनमा कमि भएकोले पनि भारतीय सहरका प्रवद्र्धन आवश्यक भएको उल्लेख गरे ।

‘चिनिया“ पर्यटकको कमिलाई पूर्ति गर्न पनि भारतीय सहरमा प्रवद्र्धन रोजेका हौं,’ उनले भने, ‘पर्यटनमा परेको संकटलाई यसले थोरै भएपनि राहत पुग्ने छ ।’ उनका अनुसार उत्तर पूर्वी भारतका पर्यटक पोखरामा साहसिक गतिविधिमा संलग्न हुन रुचाउ“छन् । पश्चिम बंगालबाट पशुपतिनाथ हु“दै मुक्तिनाथ पुग्ने धार्मिक पर्यटकको संख्या ठूलो छ । सिक्किम, दार्जिलिङ, कोलकाता, आसामबाट जाने पर्यटकको संख्या बढ्दो छ ।

सेल्स मिसनका संयोजक राजेश पहारीले भारतीय पर्यटकलाई आकर्षित गर्न बंगाल ट्राभल मार्ट उपयोगी हुने बताए । ‘यो पोखराका पर्यटन व्यवसायीका लागि अवसर पनि हो,’ उनले भने, ‘भारतीय पर्यटक वृद्धिमा पक्कै भूमिका खेल्ने छ ।’

सेल्स मिसनमा पोखरा पर्यटन परिषदमा आवद्ध टे«किङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान), रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेवान पोखरा), पश्चिमाञ्चल होटल संघ (हान), नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभज एजेन्ट्स (नाट्टा), पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए), पर्वतीय संघ (एनएमए अन्नपूर्ण च्याप्टर) र पर्यटन बोर्डका प्रतिनिधिको सहभागिता छ ।

टान पश्चिमाञ्चल अध्यक्ष हरि भुजेलले पर्यटन बजार संसारमै सुस्ताइरहेको अवस्थामा त्यसको असर पोखरामा पनि परेको बताए । ‘चिनिया“ पर्यटक न्युन भएको अवस्थामा भारतीय पर्यटक नै अबको आधार हुन्,’ उनले भने । परिषदले भारतकै दिल्लीमा साउथ एसियन टुर्स एन्ड ट्राभल्स एसोसियसनले गर्ने पर्यटन मेलामा समेत सहभागी भएर पोखराको प्रवद्र्धन गर्ने गरेको छ ।

पर्यटन बोर्ड पोखरा कार्यालयका अधिकृत जयशक्ति सर्राफले विभिन्न देशका व्यावसायिक प्रतिष्ठानलाई मेलाले जोड्ने बताए । ‘सुलभ दरमै ठूलो पर्यटन बजारमा उपस्थिति जनाउनु उपलब्धिमूलक भएको छ,’ उनले भने, ‘पोखराको पर्यटनको पहु“च बढाउन मेलाले भूमिका खेल्छ ।’ एनएमए अन्नपूर्ण च्याप्टर अध्यक्ष शेषकान्त शर्मा पोखरामा पर्यटकीय गतिविधि कम भइरहेको अवस्थामा बजारलाई चलायमान र गतिशिल बनाउन प्रवद्र्धनात्मक कार्यक्रम सहयोगी हुने बताउँ छन् ।

कमेन्टहरु
Loading...