नेपाल भ्रमर्ण वर्षलाई लक्ष्त गर्दै अन्नपूर्ण क्षेत्रमा थप चारवटा पदमार्ग

पोखरा, ९ फागुन / विश्वमा पदयात्राका लागि प्रख्यात अन्नपुर्ण सर्किटमा थप चारवटा पदमार्ग विकास गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्त गरेर भ्रमण वर्षको सचिवालयले पोखरामा पत्रकार सम्मेलन गरेर ती मार्गका सार्वजनीक गरेको छ ।

‘सेभेन पासेज अन्नपूर्ण सर्किट’, ‘लाली गुराँस ट्रेक’, ‘यार्चा ट्रेक’ र ‘नार फु सर्किट ट्रेक’ गरी चार वटा रहेको पथप्रदर्शक आलोक तुम्बाहाम्फेले जानकारी दिए । यी मध्ये सेभेन पासेज अन्नपूर्ण सर्किट सबैभन्दा लामो रहेको छ । यो सर्किट पुरा गर्न १८ देखी २१ दिन सम्म लाग्ने उनले बताए ।

राउण्ड अन्नपूर्ण पनि २१ दिनको भए पनि मोटरबाटोका कारण छोटीएको छ । सेभेन पाजेस अन्नपूर्ण सर्किट मनाङको तालबाट शुरु भएर मुस्ताङको काङ्ला फेदीमा पुग्ने उनले बताए । लालीगुराँस ट्रेक मनाङ तालबाट शुरु भएर धारापानी पुगेर सकिन्छ । यो पदयात्रा मार्ग ९ दिनको रहेको छ । यार्चा ट्रेक भने ७ दिनको बनाईएको छ । यो पदयात्रा पनि मनाङको तालबाट शुरु भएर कोतोमा पुगेर सकिन्छ ।

यसैगरी नार फु ट्रेक पनि धारापानीबाट शुरु भएर मनाङको नाग्यालमा पुगेर सकिने उनले बताए ।
सेभेन पाजेस अन्नपूर्ण सर्किट पार गर्न तालिमप्राप्त गाईडहरु लैजान पर्ने उनले बताए । पदयात्रा विभिन्न स्थानमा टेण्ट प्रयोग गर्नुपर्ने भएकाले रोजगारी समेत बढ्ने उनले बताए ।

राउण्ड अन्नपूर्ण सिजनका बेला पर्यटकको चाप बढि हुने भन्दै नयाँ रुटले पर्यटकले टेवा पुग्ने बताए । नयाँ पदयात्रा मार्गमा मौलिक संस्कृति, हिमालहरुको फरक कोणबाट अवलोकन गर्न पाइने उनले बताए ।

कमेन्टहरु
Loading...