मौजा होमस्टे सञ्चालन समितीको अध्यक्षमा गुरुङ

पोखरा, १८ मंसिर/ नेपाल सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तब्य स्थान मध्येको पोखरा महानगरपालिका वडा नम्बर २० मा सञ्चालन हुन लागेको मौजा होम स्टे रोटरियन भिलेज सञ्चालनका लागी समिति गठन गरिएको छ ।

साबिक मौजा गाविसको आटिघर, मोहोरिया, मौजा र लामडांडामा होम स्टे सञ्चालनका लागी उत्तम गुरुङको अध्यक्षतामा ७ सदस्यीय मौजा होम स्टे रोटरियन भिलेज सञ्चालन समिती गठन गरिएको छ ।

वडा नम्बर २० का अध्यक्ष सीम गुरुङको अध्यक्षतामा मौजा गाउलाई होम स्टेको माध्यामबाट प्रवद्र्धन गर्नका लागी होम स्टे सञ्चालन समिती गठन गरिएको हो । नवगठित समितीको सचिवमा प्रकाश गुरुङ, कोषाध्यक्ष हिराजंग गुरुङ र सदस्यहरुमा गंगा गुरुङ, दीपक गुरुङ, नवराज गुरुङ र वावुराम गुरुङ रहेका छन ।

समितीले रोटरी क्लव संग समन्वय गरी नेपालमा सञ्चालित होम स्टेहरुको अवलोकन गरी मौजामा सञ्चालन हुने होम स्टेलाई ब्यवस्थित गर्ने अध्यक्ष उत्तम गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार केही दिनमानै होम स्टे सञ्चालन हुने गाउहरु आटीघर, मोहोरिया, मौजा र लामडांडा गाउमा रोटरीका पदाधिकारीहरु बीच संयुक्त रुपमा गाउको अवलोकन गरी कति घर धुरीमा होम स्टे सञ्चालन गरिने हो भन्ने प्रश्ट हुने छ ।

पोखरा महानगर भित्र रहेरपनि पक्की सडकले समेत नछोएको वडा नम्बर २० को मौजा गाउ सरकारले घोषणा गरेको १ सय वटा पर्यटकीय गन्तब्य भित्र समावेश भएपछि मौजा बासीमा खुसीयाली छाएको वडा अध्यक्ष सीम गुरुङले वताए ।

गुरुङका अनुसार साविकको मौजा गाविसका होम स्टे सञ्चालन गरिने चारवटै गाउका घरहरु एकै नासका घरहरु रहेकाले पनि पर्यटकको आकर्षकको केन्द्रविन्दु बन्ने र त्यहां उत्पादन हुने अर्गानिक वस्तुहरुले बजार नपाइ रहेको सन्दर्भमा होम स्टेले स्थानिय उत्पादनलाई गाउमै खपत गर्ने वातावरण बन्ने छ ।

मौजा गाउ विशेषगरी गुरुङ जातीको वढी मात्रामा बस्ती रहेको र यहांको रहन सहन, यहांबाट देखिने मनोरम हिमश्रृङखला र गाउँबाट पोखरालाई सजिलै नियाल्न सकिने भएकाले पर्यटकका लागी उत्तम गन्तब्य बन्ने र होम स्टेका लागी अति उत्तम गाउ भएको रोटरी क्लव अफ पोखरा न्युरोडका अध्यक्ष पुष्पकमल पौडेल र पूर्व अध्यक्ष सुभाष सिग्देलको भनार्इ छ ।

कमेन्टहरु
Loading...