पोखरामा फुडरा फुड (www.foodaraa.com) डेलिभरी सञ्चालनमा

पोखरा, ७ फागुन / पोखरामा फुडरा फुड डेलिभरी शुरुवात भएको छ । बुधबार पत्रकार सम्मेलन गरी फुडरा प्रालीले एप्स तथा वेभसाईट (www.foodaraa.com) शुरु गरेको जानकारी दिएको हो ।

पोखरामा खाना र खाजाका पारखीहरुलाई लक्षित गर्दै वेभ साईट शुरु गरेको सञ्चालक शोशिभ भर्तेलले जानकारी दिए । पोखरेलीहरु माझमा व्यस्त दैनिकीमा स्वास्थ्य खाना र खाजा अर्डर गरेको आधा घण्टामा घर वा कार्यालय सम्मै स्वादिलो खाजा आधा घण्टामा घरमै पुग्ने प्रवन्ध निर्देशक प्रदिप सुनारले जानकारी दिए ।

फुडराले पोखरामा पहिलो पटक विहान ११ वजे देखी राती १२ वजे सम्म सेवा दिने सञ्चालकले वताएका छन् । ग्राहकले बजार मुल्यमा हुक्का तथा पेय पदार्थ अब आफैले चाहेको ठाउँमा प्राप्त गर्न फुडराले बिशेष सुबिधा दिएको सञ्चालकको भनाई छ ।

२० लाखको लागानीका शुरुवात गरेको फुडरा पोखरामा १० जना कर्मचारी कार्यरत छन् । फुडरा मार्फत सस्तो सुलव मुल्यमा सेवा दिने वताईएको छ । रेष्टुरेन्टकै मुल्यमा घरमै सेवा पाइने भएपछी पोखररेली माझ यो अझ लोकप्रिय वन्ने सञ्चालक भुर्तेलले जातकारी दिए ।

यो सेवा सुभारम्भ पोखराबाट भए पनि निकट भविश्यमा देशका बिभिन्न शहरबाट दिइने सञ्चालकले जानकारी दिए । रेष्टुरेन्टको खाजा खाना अड्र गर्न ग्राहकले फुडराको एप तथा बेवसाइड www.foodaraa.com बाट अर्डर गरेर बिभिन्न रेष्टुरेन्टको मुल्यमा डेलीभरी गरिने जानकारी दिईएको छ ।

कमेन्टहरु
Loading...