ठुलाखेतमा खुला भलिवल प्रतियोगिता शुरु

पोखरा, ५ माघ/भदौरे तामागीको गाविसको ठुलाखेतमा शुक्रबार देखि खुल्ला भलिवल प्रतियोगिता शुरु भएको छ । परिर्वतनशिल क्लब ठुलाखेतको आयोजना भएको खुल्ला भलिवल प्रतियोगिता शसस्त्र प्रहरी कालिका गण मालेपाटन पोखराका गणपति शम्भु उप्रेतीले उद्घाटन गरे । उप्रेतीले गाउँ गाउँमा युवाहरु सक्रिय भएर गरेको प्रतियोगिताका कारण खेलकुद विकासका लागि टेवा पुग्ने बताए । देश विकासका लागि युवाको खाचो हुने बताउदै युवाहरुका लागि खेलकुद आवश्य हुने बताए । त्यसैगरि अन्तराष्ट्रिय भलिवल खेलाडी देवि सुबेदी, जिल्ला भलिवल संघ कास्कीका उपाध्यक्ष भिम पराजुली लगाएतले खेलकुदको विकासका लागि गाउँ गाउँबाट शुरु गर्नु पर्ने बताए ।

परिर्वननशिल युवा क्लबका अध्यक्ष लक्ष्मण बरालको अध्यक्षतामा भएको कार्यक्रमा स्वागत क्लबका सचिब राजेन्द्र पराजुली र कार्यक्रमको सन्चालन रमेश पराजुलीले गरेका थिए । पर्यटकीय दृष्टीले ठुलो सम्भावना भएको ठाउँ भए पनि प्रचार प्रसारको नहुदा पछि परेको भन्दै खेलका माध्यमबाट प्रचार प्रसार गर्न भलिवल प्रतियोगिताको आयोजना गरेको आयोजकको भनाई  छ ।

माघ ८ गते सम्म सन्चालन हुने प्रतियोगितामा ११ टिमको सहभागीता रहेको परिर्वतनशिल क्लबका सचिब राजेन्द्र पराजुलील छ । वर्षाका कारण शुक्रबार खेल हुन नसके पछि आयोजक टोली र लोरुक टिम भएको मैत्री पुर्ण खेलमा लौरुक टिमले ३–२ सेटमा बिजयी भएको थियो ।

प्रतियोगिताको विजेताले नगद १० हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र पाउने पराजुलीले बताए । त्यसै गरि दोस्रो हुने टिमले नगद ५ हजार, मेडल र प्रमाणपत्र पाउने छ । प्रतियोगिता सम्पन्न गरिब ९० हजार खर्च लाग्ने आयोजको अनुमान रहेको छ । शनिवारको पहिलो खेल आयोजक परिर्वनशिल क्लबको वि र प्रगतीशिल युवा क्लब घार्टीछिनाको विच हुने छ । ठुलाखेतमा स्थापीत क्लबले विभिन्न सामाजीक काम गर्दै आएको छ ।

कमेन्टहरु
Loading...