भारतीय राजदूत विनय मोहन क्वात्राले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं, २३ फागुन / नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनय मोहन क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबार ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

राष्ट्रपति निवासमा एक औपचारिक समारोहका बीच उनले प्रमाणपत्र बुझाएका हुन् । क्वात्रा नेपालका लागि २५ औं राजदूत हुन् ।

यसअघि नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी थिए । २०१९ को डिसेम्बरमा नै पुरीको कार्यकाल सम्पन्न गरी भारत फर्किसकेका थिए ।

Mr. Vinay Mohan Kwatra, Ambassador of India to Nepal presented his credentials to the Rt. Hon. President of Nepal Ms. Bidya Devi Bhandari at a ceremony held at President’s Office, Sheetal Niwas, today.

Ambassador Kwatra is the 25th Ambassador of India to Nepal. He has succeeded Ambassador Manjeev Singh Puri, who completed his tenure as Ambassador to Nepal in December, 2019.

कमेन्टहरु
Loading...