पार्दी तेक्वान्दो दोजाङ्गलाई सहयोग

पोखरा, १३ भाद्र/हाल आयरल्याण्ड बस्दै आएका शुक्रराज न्यौपानेले पार्दी तेक्वान्दो दोजाङ्गलाई खेल सामग्री तथा नगद सहयोग प्रदान गरेका छन् । लेकसाइडको बसुन्धरा पार्कमा आयोजित एक कार्यक्रममा विच न्यौपानेले दोजाङ्ग प्रमुख प्रितम कुँवरलाई नगद ६ हजार सहित खेल सामग्री सहयोग गरेका हुन् ।

सो अवसरमा बोल्दै न्यौपानेले खेलकुदले मानसिक स्वास्थ्यलाई तन्द्रुस्त राख्नुका साथै मानसिक विकासमा समेत मद्धत पु¥याउने भएकाले मानविय जीवनका खेलकुदको महत्व रहने बताए । साथै उनले आगामी दिनमा समेत दोजाङ्गलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
सोही समारोहमा लेकसाइड क्लवका अध्यक्ष समेत रहेका कास्की जिल्ला फुटवल संघका उपाध्यक्ष धरमसिंह लामिछानेले र नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष विनोद लामिछानेले न्यौपानेलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए । उनीहरुले पढाइ संगै खेलकुदलाई पनि अगाडी बढाउन प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।

कमेन्टहरु
Loading...