उप्रेतीको विदार्ई

पोखरा, २३ असार/सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामले सरुवा भई जान लागेका शशस्त्र प्रहरी बल कालिका गण पोखराका गणपति शशस्त्र प्रहरी उपरीक्षक शम्भुप्रसाद उप्रेतीको विदाई गरेको छ । आइतबार आयोजित कार्यक्रमवीच संस्थाका पदाधिकारीहरुले फुल, माला, अविर र मायाको चिनो प्रदान गरी उप्रेतीको विदाई गरेका हुन् । नवलपरासी वर्दघाटस्थित शशस्त्र प्रहरी तालिम केन्द्रमा उप्रेतीको सरुवा भएको हो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका पुर्व सदस्य बासु त्रिपाठी, संस्थाका सल्लाहाकार विष्णुबहादुर भट्टराई, संस्थापक अध्यक्ष मङ्गल नेपाली, नाटा क्षेत्रीय च्याप्टरका प्रथम उपाध्यक्ष सन्तोष पोखरेल, रेडियो नेपालका प्राविधिक अधिकृत रामजीप्रसाद पहारी, मितेरी नारी समुहका अध्यक्ष कल्पना पहारी, शान्ति आमा समुहका अध्यक्ष लक्ष्मी खाती, फेवा डुड्डा व्यवसायी समितिका अध्यक्ष डम्बर नेपाली लगायतले शुभकामना दिदै विदाई गरेका थिए ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका कार्यवाहक अध्यक्ष शुशीला सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य शुशीला पहारीले स्वागत र सचिव भिम पराजुलीले कार्यक्रम संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...