एसईईको नतिजा असार पहिलो साता

काठमाडौ, २१ जेठ /परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको सेकेण्डरी एजुकेसन इक्जामिनेसन (एसइइ) को नतिजा असार दोस्रो साता सार्वजनिक गर्ने भएको छ। जेठको अन्तिम सम्ममा नतिजा सार्वजनिक गर्नेगरि तयारी गरिएको भएपनि सम्भव नभएको परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले बताउनुभयो।

विगतका वर्षहरुमा एसएलसी भनिएको यस परीक्षालाई यस वर्षदेखि शिक्षा ऐन शंसोधनसंगै एसइइ नामाकरण गरिएको हो। आजको अन्नपुर्ण पोष्टमा सुर्यप्रसाद पाण्डेले समाचार लेखेका छन् ।  परीक्षामा नियमित र आंशिक गरेर पाँच लाख ३८ हजार विद्यार्थी सहभागी छन्। परीक्षा गत चैत तीन गतेदेखि शुरु भएको थियो। परीक्षा नियन्त्रक रेग्मीका अनुसार अहिले विभिन्न जिल्लाबाट उत्तरपुस्तिका परीक्षण भएर आएको प्राप्तांकलाई कम्प्युटरमा इन्ट्री गर्ने काम भइरहेको छ।

कम्प्युटरमा इन्ट्री गरिसकेपछि प्राप्तांकलाई विश्लेषण तथा रुजू गर्नुपर्ने हुन्छ। ुसकेसम्म यहि महिनाको मसान्तसम्ममा भएपनि नतिजा प्रकाशन गर्ने योजना छ । तर सकिएन भने पनि असारको पहिलो साता भन्दा पछि जाँदैन’ रेग्मीले भन्नुभयो।
गत असारमा भएको शिक्षा ऐनको आठौं शंसोधनसंगै विद्यालय तहको संरचना परिवर्तन भएर कक्षा एकदेखि आठलाई आधारभूत र नौदेखि बाह्रलाई माध्यमिक तह मानिएको थियो।

विगतमा माध्यमिक तहको अन्तिममा लिइने भएकोले कक्षा दशको अन्तिममा लिइने परीक्षालाई एसएलसी भनिएको थियो । तर यस पटकबाट भने कक्षा बाह्रको अन्तिममा लिइने परीक्षालाई एसएलसी मानिएको हो। कक्षा बाह्रसम्मलाई माध्यमिक तह मानिएसंगै एसएलसी परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको दायित्व पनि राष्ट्रिय परीक्षा बोर्डमा गएको छ ।

कमेन्टहरु
Loading...