कास्की रग्बी संघमा खड्का

पोखरा, १ चैत / कास्की जिल्ला रग्बी संघको दोस्रो साधारण सभा तथा अधिवेशनले सुवास खड्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । उपाध्यक्षमा नारायण पहारी, सचिवमा बासु जिसी, कोषाध्यक्षमा सुष्मी श्रेष्ठ छन् ।

त्यसैगरी सदस्यहरुमा मिलन गुरुङ, किरण थापा, मदन लम्साल , दिपक गुरुङ, विशाल गोले, मदन क्षत्री र सुष्मिता थापा रहेका छन् । कार्यसमितिको कार्यकाल दुई वर्षको हुने छ । अधिवेशनमा बोल्दै नेपाल रग्बी संघका केन्द्रीय सचिव गोविन्द घिमिरेले पोखरामा एक वर्षभित्रमा राष्ट्रियस्तरको रग्बी प्रतियोगिता आयोजना गर्ने केन्द्रको योजना रहेको सुनाए । उनले तीन विभागीय सहित सातै प्रदेशको सहभागितामा पहिलो राष्ट्रिय प्रतियोगिता आयोजना गरिने स्पष्ट पारे ।

अधिवेशनको उदघाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले रग्बी खेलको विकास र विस्तारको लागि आफनो तह र तप्काबाट सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रशिक्षणको लागि पोखरा रगंशालाभित्रै मैदान उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

कास्की जिल्ला खेलुकद बिकास समितिका पुर्व कोषाध्यक्ष एवं राष्ट्रिय तथा अन्तराष्ट्रि खेलाडी संघ कास्कीका अध्यक्ष दिपकबहादुर गोदारले खेलकुदको नेतृत्वकर्ताले सबै दर्ता भएका खेल संघलाई सहयोग गर्नुपर्नेमा जोड दिए । उनले दर्ता गरिदिने तर व्यवस्थित गर्ने तर्फ ध्यान नदिई झोले संघ बनाउने तर्फ उद्दत हुन नहुने स्पष्ट पारे । ‘संघलाई झोले बनाउनुहुदैैन् । दर्ता भएका संघलाई खेल गतिविधि सञ्चालन नगरेको अवस्थामा कारवाही गर्नुपर्छ ।’ उनको भनाई थियो ।

अधिवेशनमा नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खडव्का, क्षत्री समाज नेपालका युवा कमिटि अध्यक्ष दिनेशबावु खड्का लगायले रग्बीको विकास र विस्तार गर्ने तर्फ चासो र ध्यान दिनुपर्नेमा जोड दिएका थिए । दुई वर्ष अघि संघ स्थापित भएपनि पोखरामा रग्बीको कुनैपनि गतिविधि भने सञ्चालन हुन सकेको छैन् । केन्द्रमा समेत रग्बी संघ गठन भएपनि प्रतियोगितात्मक कार्यक्रम भने भए गरेका छैनन् ।

कमेन्टहरु
Loading...