एकअर्ब रुपैयाँ लगानीमा पोखरा ब्यापारीक मल बन्दै (फोटो फिचर)

करिब ७० प्रतिशत काम सकियो, बुकिङ्ग खुलाउने तरखरमा
सागर राज तिमिल्सिना
पोखरा, ८ माघ/पोखरामा अर्काे व्यापारीक मल पनि थपिने भएको छ । करिब एक अर्ब रुपैयाँको लगानीमा थपिने ‘पोखरा टे«ड मल’ अहिले धमाधम निर्माण भईरहेको छ । पोखरा सहरभित्रका विभिन्न ठाउँमा व्यवसाय संचालन गरेर बसेका व्यवसायीहरु संगठित भएर न्यूरोडमा सुविधासम्पन्न टे«ड मल संचालन गर्न लागेका हुन् । गत चैत १ गतेदेखि निर्माण सुरु गरिएको यो ब्यापारीक मल पोखरामा हाल संचालनमा रहेका भन्दा सबैभन्दा ठुलो र सुविधासम्पन्न हुने संचालकहरुले बताएका छन् ।

महल निमार्णका काम करिब ७० प्रतिशत सकिएको मलका प्रवन्ध निर्देशक मिनराज काफ्लेले जानकारी दिए । उनले करिब २ सातामा बुकिङ्ग खुलाउनले बताए । साढे ६ रोपनी जग्गा क्षेत्रफलमा निर्माण गरिन लागेको मल आगामी जेठ (२०७१) भित्र सम्पन्न गर्ने लक्ष्य रहेको प्रवन्ध निर्देशक काफ्लेले जानकारी दिए । विभिन्न ठाउँमा छरिएर ब्यापार गरेर बसिरहेका ४६ जना साना व्यवसायी मिलेर सामुहिक रुपमा मल निमार्ण गरेका हुन् । लामो समयसम्म भाडामा बस्दा साना व्यवसायीले समस्या भोग्नुपरेको बताउदै काफ्लेले त्यो समस्या नआओस भनेर नै एकजुट भै मल निमार्ण गरेको बताए ।

पोखरा ब्यापारीक मल
पोखरा ब्यापारीक मल

मल संचालनका लागि व्यवसायीले कम्तिमा ५० लाख देखि ३ करोड रुपैयाँसम्म लगानी गरेको काफ्लेले जानकारी दिए । जग्गा सहित मल तयार गर्दा करिब एक अर्ब रुपैयाँ लगानी हुने उनले बताए । मलमा करिब ५ सय पसल संचालन गर्न सकिने क्षमताको भएको उनले बताए । उनले प्रत्येक तलामा करिब १ सय पसल हुने बताए ।

भुकम्प प्रतिरोधात्मक प्रविधिमा आधारित रहेर बनाउन लागिएको यो मलमा विद्युतीय भ¥याङ, लिफ्ट, अण्डरग्राउण्ड पार्किङ, आउजाउ गर्न मिल्ने चारवटा गेट, अग्नी नियन्त्रक, सिसि क्यामेरा, ईमर्जेन्सी अलार्म, लगायतका अत्याधुनिक सुविधा रहने पोखरा टे«डमलका अध्यक्ष बिन्दुकुमार थापाले बताए । पोखरामा हाल संचालनमा रहेका ठुला ब्यापारीक मलमा पार्किङको निकै नै अभाव छ, हामीले त्यो समस्या भोग्नु नपरोस भनेर अण्डरग्राउण्ड पार्किङ बनाएर सुविधा दिने थापाले बताए । व्यवसायीका अनुसार निर्माणाधिन मलमा सवारीसाधन बाहेक सबै सामान उचित मुल्यमा पाईनेछ । फेन्सी, विद्युतीय उपकरण देखि दैनिक उपभोग्य बस्तु, गरगहना, खेलौना, बालबच्चाका सहित सबैखाले ब्राण्डेड सामग्रीको बिक्रीकक्ष हुनेछन् ।

पछिल्लो समय देशमा लगानी गर्ने वातावरण बनेकोले नै एकअर्ब रुपैयाँको लागतमा ब्यापारीक मल निर्माण गर्न लागेको अध्यक्ष थापाले सुनाए । ‘ठुलो लगानी गर्दा पनि राम्रो हुने देखेरै हामीले आँट गरेका हौ’ उनले भने, ‘पोखरेली ग्राहकहरुको पछिल्लो समय बजारप्रतिको मोह देखेर पनि हामीलाई यसमा लगानी गनै प्रोत्साहन मिलेको छ ।’pokhara trade mall

पोखरा ब्यापारीक मल
पोखरा ब्यापारीक मल
पोखरा ब्यापारीक मल
पोखरा ब्यापारीक मल
कमेन्टहरु
Loading...