नेपाल बन्द यथावत –माओवादी

काठमाडौं, २१ कात्तिक/नेकपा–माओवादीले आफू सहित ३३ दलीय मोर्चाले २५ गतेदेखि आह्वान गरेको नेपाल बन्द यथावत रहेको जनाएको छ। यथास्थितीमा हुने राष्ट्रविरोधी र औचित्यहिन निर्वाचनको वहिष्कार कार्यक्रम निरन्तर सफलतापूर्वक अघि बढिरहेको दावी गर्दै माओवादीले एक प्रेस विज्ञप्ती जारी गरेको छ।
प्रवक्ता पम्फा भुसालले बिहिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कतिपय संचार माध्यमले कात्तिक २५ गतेदेखिको नेपाल बन्द सहितको कार्यक्रमबारे भ्रमपूर्ण समाचार जारी गरेकोप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ।’ माओवादी सहित ३३ दलीय मोर्चाले संविधान सभा बिथोलने उद्देश्यले निर्वाचनको दिनसम्मलाई लक्षित गरि १० दिने नेपाल बन्द आह्वान गरेको छ।

कमेन्टहरु
Loading...