निःशुल्क दन्त शिविर हुने

पोखरा, ११ असोज /जेष्ठ नागरिक दिवसको अवसरमा पोखराको कान्तिपुर डेण्टल हस्पिटलले निःशुल्क दन्त परीक्षण गर्ने भएको छ । ६० वर्ष माथिका बृद्धबृद्धाहरुलाई निःशुल्क दन्त परीक्षण, निःशुल्क दाँत निकाल्ने तथा दाँत सम्बन्धी जानकारी दिने आज आयोजित पत्रकार सम्मेलनामा अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले जानकारी दिए ।

शिविर असोज १५ गतेदेखि साताब्यापीरुपमा न्यूरोडस्थित कार्यालय प्राङ्गणमा हुनेछ । सात दिनभित्र आएका ब्यक्तिलाई पछि २ महिनासम्म पनि निःशुल्क सेवा दिइने जनाइएको छ । संयुक्त राष्ट्रसंघले दीर्घजीवनका लागि भविष्य निर्माण भन्ने नाराका साथ २२ औ अन्तर्राष्टिय जेष्ठ नागरिक दिवस मनाउन लागेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार मानिसमा सबैभन्दा धेरै रोगी मुख र दाँतका छन् । यो उपचारमा विश्वमै चौथो महँगो उपचारका रुपमा लिइन्छ ।

कमेन्टहरु
Loading...