पत्रकार महासंघ बाग्लुङको अध्यक्षमा शिरिस

पोखरा, ४ फागुन /नेपाल पत्रकार महासंघ बागलुङको मंगलबार सम्पन्न अधिवेशनले दिल शिरिसको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नरेश कँडेल र उषा पौडेल, सचिवमा राम थापा अविरल, कोषाध्यक्षमा विजय राना, सहसचिव व्दयमा सुभाष आचार्य र नवीन शिशिर विक सर्वसम्मत भएका छन् ।

समितिको सदस्यहरुमा खुल्ला तर्फ गणेश पौडेल, राजु खड्का, लोकेन्द्र सुनार, कृष्ण कँडेल, नारायणप्रसाद रिजाल, सिर्जना पन्त सर्वसम्मत भएका छन् भने महिला तर्फ सरिता खत्री, दलित तर्फ खगेन्द्र विश्वकर्मा, जनजाती तर्फ शेखर थापा, पदम छन्त्याल प्रकाश रहेका छन् ।

अधिवेसनले १८ केन्द्रिय पार्षद र ४ प्रदेश पार्षद पनि सर्वसम्मत चयन गरेको छ । केन्द्रिय पार्षदमा ताराप्रसाद शर्मा, भाषा शर्मा, रामनारायण सुवेदी, बविता शर्मा, राजेशचन्द्र राजभण्डारी, मुकेश राजभण्डारी, बद्रिप्रसाद शर्मा, कोपिला कडेल, ज्ञानेन्द्र गौतम, दिलीप पौडेल, किरण आचार्य, दुर्गादत्त आचार्य, प्रकटकुमार शिशिर, रामबहादुर जिसी, हिमाल शर्मा, रामकृष्ण बोहरा, पिम्ला गौतम र रामकृष्ण शर्मा चयन भएका छन् । प्रदेश पाषर्दमा नविन प्रताप जिसी, कविता घर्ती, प्रशान्त घर्ती, चन्द्रबहादुर क्षत्री रहेका छन् ।

कमेन्टहरु
Loading...