किन आएनन् विदेशी च्यानल ? के हो क्लिन फिड ? के फाईदा, के बेफाईदा ?

आशिष पौडेल
पोखरा, १० असार /विदेशी टेलिभिजन च्यानलहरु बिना बिज्ञापन देखाउने अधवा आफ्नै देशको स्थानीय स्रोत र साधन प्रयोग गरि बनाएको बिज्ञापन प्रसारण गर्ने प्रावधान हो ।

नेपालमा प्रसारण हुने विदेशी च्यानलमा अधिकांश भारतीय छन् । यस्ता च्यानलहरु, डाइरेक्ट अपलिंक गरि रियल टाईम मै नेपालमा प्रसारण भइरहेका छन् जसले गर्दा ति च्यानलमा प्रसारीत विज्ञापन निर्बाध रुपमा नेपाली दर्शकम्म आइपुग्छ ।

यसरी भारतका लागि निर्मित्त विज्ञापनले नेपाली बजार धान्ने भएपछी धेरै कम्पनीले नेपालमा आफ्नो सामानको प्रचार गर्न थप खर्च गर्ने नपर्ने देखिन्छ । उनिहरुको सामानको प्रचार हामी पैसा तिरेर किनेको च्यानलमा हेर्दै छौँ ।

पैसा तिरेर हामीले उनिहरुको बिज्ञापन हेर्नु पर्ने, उनिहरुको सामान किनेर ब्यापार प्रोत्साहन नि गर्दिने , सबै फाईदा उनिहरुलाई, आखिर मारमा त हामी नै परियो नि ?

यसले गर्दा न त नेपालले बिज्ञापन बजारबाट लाभ लिन नै सकेको छ न त नेपाली कलाकार , निर्देशक आदि लै नै मौका पाउन सकेका छन् , न त नेपाली स्रोत साधन, सिप नै प्रयोग हुन सकेको छ ।

के छ विधेयकमा ?

विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकु को दफा ६ (१) मा भनिएको छ  नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापन रहित (क्लिन फिड) प्रसारण गर्नुपर्नेछ ।
त्यस्तै यही दफाको उपदफा ९२० मा विदेशी विज्ञापनलाई सञ्चारमाध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाइने उल्लेख छ ।

के छ प्रचलन ?

संसारको धेरै जसो देशमा यो लागु छ । हाम्रै छिमेकी देश भारत, चिन, बंगलादेश र श्रिलङ्कामा कडाईका साथ क्लिन फिड लागु छ । नेपालमा पनि यो लागु गर्न धेरै पहिले देखि पहल हुँदै आए पनि लागु हुन सकेको छैन । भारतले पनि क्लिन फिड मार्फत नै विदेशी कार्यक्रम किनेर आफ्नै विज्ञापन राखेर विदेशी च्यानलहरु प्रसारण गर्दै आएको छ जुन च्यानलहरु हाम्रो नेपालमा पनि प्रसारण हुने गर्छन् ।

के फाईदा त ?

एक त हामीले पैसा तिरेर हेर्ने च्यानलमा उनिहरुले खर्चै नगरि आफ्नो सामान नेपाली बजारमा प्रचार गर्ने शैलीको अन्त्य हुनेछ । अर्को कुरा क्लिन फिड मार्फत ल्याएको च्यानलमा नेपालकै स्रोत साधन प्रयोग गरि निर्माण गरिएको बिज्ञापन प्रसारण गर्न सकियो जसले कलाकार साथै राज्यले पनि बिज्ञापन आफ्नो दायरामा आउँदा त्यसबाट कर राजस्व आर्जन गर्न सक्छ ।

नेपालका च्यानलहरुले बजार पाउनुका साथै गुणष्तर पनि स्तरोन्नती हुनेछ । नेपालकै उत्पादनले बजार पाउन सक्छ, भारतीय र अन्य देशको सामान सँग प्रतिस्पर्धा गर्न सक्छ, प्रचार प्रसार गर्नु ठुलो माध्ययम पाउन सक्छ । यसले नेपाली उद्योग , व्यापार, व्यवसायको प्रवर्धनमा पनि टेवा पुग्ने देखिन्छ ।

बेफाईदा के त ?

अहिले केवल टेलिभिजन सेवा प्रदायक कम्पनीले डाइरेक्ट अपलिंक गरि च्यानल प्रसारण गर्ने गर्छन जुन सस्तो पर्छ । जब क्लिन फिड लागु हुन्छ तब सेवा प्रदायकले कार्यक्रमहरु किनेर प्रसारण गर्नु पर्ने छ जुन महङ्गो पर्न जान सक्छ ।

तर यसरी क्लिन फिड मार्फत किनिएका विदेशी च्यानलमा नेपालमै उत्पादित विज्ञापन प्रसारण गर्दा त्यसबाट हुने आम्दानीले पनि महङ्गो दर लाई घटाउन मद्दत गर्नेछ ।

कमेन्टहरु
Loading...