चीनमा आतंक रोक्न नेपालसँग सहयोग माग

२१ असार, काठमाण्डौं । उत्तरी छिमेकी चीनले आफ्नो देशमा आतंकवादी हमला बढ्नसक्ने भन्दै त्यसलाई रोक्न नेपाल सरकारसँग सहयोग मागेको छ। आफ्नो देशमा शृंखलाबद्ध रुपमै आतंकवाद्यी हमला भइरहेको जनाउँदै चीन सरकारले त्यसलाई रोक्न नेपालको सहयोग महत्वपूर्ण हुने पनि बताएको छ ।

nepal-chaina-flag

नेपालस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयलाई तीन दिनअघि लेखेको औपचारिक पत्रमा ‘चीनमा हुने त्यस्ता हमला रोक्न नेपाल सरकारले एउटा छिमेकी देशको हैसियतले आफ्नो जासुसी प्रयाससमेत गरिदिन,’ आग्रह गरिएको छ । चीनले नेपालमा सम्भाव्य चीनविरोधी गतिविधिमा संलग्न संस्था तथा व्यक्तिको समेत जासुसी गरी अत्यन्तै कडा निगरानी राखिदिन आग्रह गरेको छ ।

चीनले अहिलेको समयलाई संवेदनशील भनेको छ । संवेदनशील समयमा लगातार समर्थन र सहयोगका लागि आग्रह गरिएको उल्लेख गर्दे पत्रमा चीनले भनेको छ, ‘हामी गम्भीरतापूर्वक आग्रह गर्दछौ कि नेपाल सरकारले आवश्यक सुरक्षा व्यवस्था गर्दै जासुसी प्रयाससमेत बढाओस् ता कि त्यस्ता अतिवादी समूह र व्यक्तिहरु जो चीनविरोधी गतिविधिमा छन् , तिनलाई अन्यन्तै कडा निगरानी राख्न सकियोस् ।’

चीन सरकारले उक्त पत्रमा परराष्ट्र मन्त्रालयलाई मात्र होइन, सुरक्षासँग सम्बद्ध सबै निकायलाई पठाएको शुक्रबार प्रकाशित अन्नपूर्ण पोष्टमा खबर छ ।

कमेन्टहरु
Loading...