पोखरामा लेकसाइडमा ‘कभाना इटअप’ क्याफे

पोखरा, १७ पुस/पोखराको लेकसाइडमा ‘कभाना इटअप’ क्याफे सञ्चालनमा आएको छ । पोखराको होेटल गोल्डेन गेटका सञ्चालक विकल्प पाठकले होटल सगँ क्याभना इटअप क्याफे सञ्चालनमा ल्याएका हुन् । करिब १ करोडको लागतमा क्याफे सञ्चालनमा ल्याएका हुन् ।

क्याभना इटअपको नेपाल पर्यटन बोर्डका प्रमुख मणिराज लामिछानेले मंगलबार उद्घाटन गरे । उनले पर्यटकीय क्षेत्रमा सञ्चालित रेष्टुरेन्ट तथा क्याफेहरुले स्तरीय सेवा प्रदान सुझाब दिए ।

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचन, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका प्रिन्सिपल प्रकाश रेग्मी लगायतले शुभकामना दिए ।

कभानामा अर्डर अनुसारको लाइभ बेकरी तथा कफी सहित फास्टफुड परिकार उपलब्ध गराउने प्रवन्धक सन्तोष पाठकले जानकारी दिए । विकल्प पाठकले ५ करोड रुपैयाँ लगानीमा २ वर्ष अगाडि गोल्डेन गेट होटल सञ्चालनमा ल्याएका हुन् ।

४५ वटा एसी डिलक्स कोठा रहेको होटलमा ३ सय जना क्षमताको बैंक्युट हल तथा सेमिनार हलको सुविधा छ । रुफटप रेष्टुरेट, गार्डेन तथा पार्किङको सुविधा पनि उपलब्ध रहेको पाठकले जानकारी दिए ।

कमेन्टहरु
Loading...