सुनको मूल्य अहिले सम्मकै उच्च

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेर्कड कायम गरेको छ ।

बिहीबार नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

पछिल्लो दिनहरुमा सुनको मूल्य लगातार बढ्दै नयाँ रेकर्ड कायम हुँदै आएको छ ।

आज सुनको मूल्य तोलामा प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

कमेन्टहरु
Loading...