वातावरण तथा स्वास्थ्य संकटकाल लगाउन माग गर्दै भएको प्रदर्शनमा केही प्रदर्शनकारी पक्राउ

काठमाडौं । वातावरण प्रदुषण बढेको र संरक्षणका लागि वातावरण तथा स्वास्थ्य संकटकाल लगाउन माग गर्दै आज काठमाडौंमा वातावरण संरक्षण अभियन्ताले प्रदर्शन गरेका छन् । मुलुक डढेलो तथा वायु प्रदुषणले आक्रान्त बनिरहेको अवस्थामा समेत सरकारले ध्यान नदिएको र मौन बसेको भन्दै उनीहरुले आज सिंहदरबार अगाडि प्रदर्शन गरेका हुन् ।

अभियन्ताले वातावरण तथा स्वास्थ्य संकटकाल लगाउन माग पनि गरेका छन् । प्रदर्शनका क्रममा ९/१० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनका क्रममा प्रहरीले हस्पक्षेप गरेर उनीहरुलाई नियन्त्रणमा लिएका हुन् । नियन्त्रणमा लिइएकालाई हाल सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्जमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...