रेलमार्गका लागि आह्वान गरिएको ठेक्का प्रक्रिया रद्द

काठमाडौं । गत असार १४ र १७ गते आह्वान गरेको ५४ वटा ठेक्का रेलमार्ग विभागले रद्द गरेको छ । सामान्य प्रक्रिया समेत पुरा नगरेर सेटिङका आधारमा ठेक्का दिइएको तथा जग्गाको मुआब्जा समेत नसुल्झिएको भन्दै चर्को आलोचना भए पछि रेल विभाग रेलमार्गको ठेक्का प्रक्रियाबाट पछाडि हटेको हो ।

पूर्व पश्चिम रेलमार्ग अन्तरगत रेलको लिकका लागि निर्माण गरिने ट्रयाक बनाउन विभागले ३२ अर्बभन्दा बढी लाग्न सक्ने भन्दै ठेक्का आह्वान गरेको थियो । संसदको विकास तथा प्रविधि समितिको असन्तुष्टी तथा जग्गा तथा अन्य सम्पत्तिको मुल्य नतोकिएको भन्दै आलोचना भए पछि विभाग पछाडि हटेको हो ।

विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै ठक्का रद्द भएको जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...