बढुवा प्रक्रिया यथाशीघ्र अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको माग (ज्ञापनपत्रसहित)

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले बढुवा प्रक्रियालाई यथाशीघ्र अगाडि बढाउन माग गरेको छ । संघकी अध्यक्ष सरस्वती केसी भण्डारी नेतृत्वको कर्मचारीको टोलीले सोमबार युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थलाई ज्ञापनपत्र बुझाउँदै यथाशीघ्र बढुवा प्रक्रियालाई अगाडि बढाउन माग गरेको हो ।

‘राष्ट्रिय खेलकुद परिषद्को ११६ औं बोर्ड बैठकको निर्णय अनुसारको बढुवा प्रक्रियालाई तालुक मन्त्रालयबाट नै सकारात्मक सहयोग प्राप्त नभएका कारण परिणाममुखि निष्कर्षमा पुग्न नसकेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले परिषद्मा कार्यरत कर्मचारीहरुको बढुवा प्रक्रियाका लागि परिषद्को निर्णय कार्यान्वयमा प्रक्रियागत समस्या सृजना गर्ने वातावरण भइरहेको महसुस गरेकोले माननीय युवा तथा खेलकुद मन्त्री डीग बहादुर लिम्बूज्यूबाट भएको पहिलो निर्णय अनुसारअगाडि बढेको बढुवाको प्रक्रियालाई यथाशीघ्र परिषद्को बोर्ड बैठकबाट सार्थक परिणाममा पुर्‍याउन राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघ जोडदार अपिल गर्दछ,’ ज्ञापनपत्रमा भनिएको छ ।

 

अन्यथा आन्दोलनमा उत्रिने संघले चेतावनी दिएको छ ।  तीनदिभित्र बढुवा प्रक्रियालाई यथाशीघ्र सार्थक परिणाममा नपुर्‍याए राष्ट्रव्यापी रुपमा चरणवद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएको संघले दैनिक प्रशासनिक कार्यका साथै १९ औं एसियाली खेलका प्रशिक्षण लगायत सम्पूर्ण खेल गतिविधि ठप्प पारी आन्दोलन गर्न बाध्य हुने ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

‘राष्ट्रिय खेलकुद परिषदमा ’लामो समयसम्म कार्यरत रही आफ्नो जीवनको अमुल्य समय खेलकुद, खेलाडी र देशका लागि समर्पण गरेका राष्ट्रसेवक कर्मचारीहरुको बढुवा प्रक्रियालाई यथाशीघ्र सार्थक परिणाममा नपुर्‍याए ३ दिनभित्र यस कर्मचारी संघले राष्ट्रव्यापी रुपमा चरणबद्व आफनो कार्यक्रम सार्वजनिक गरी दैनिक प्रशासनिक कार्यका साथै १९ औं एसियाली खेलका प्रशिक्षण लगायत सम्पूर्ण खेल गतिविधि ठप्प पारी आन्दोलन गर्न बाध्य हुने व्यहोरासमेत यसै ज्ञापन पत्र मार्फत जानकारीका लाि अनुरोध गर्दछ,’ ज्ञापनपत्रमा उल्लेख छ ।

 

ज्ञापनपत्र

मिति : २०८०/०४/२२

श्रीमान सचिवज्यू
युवा तथा खेलकुद मन्त्रालय
सिंहदरवार, काठमाडौं ।

विषयः ज्ञापनपत्र सम्वन्धमा ।

महोदय

उपरोक्त बिषयमा यस कर्मचारी संघको मिति २०८० श्रावण १७ गते बसेको कार्य सम्पादन समितिको बैठकको निर्णयअनुसार राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत विभिन्न सेवा समूहका स्थायी कर्मचारीहरुको विगत लामो समय (१९ बर्ष देखि २८ बर्ष सम्म) बढुवा नभई अन्याय भएको अवस्थामा विद्यमान राष्ट्रिय खेलकुद परिषद्को कर्मचारी सेवा सर्त सम्वन्धी नियमावली २०६८ (दोश्रो संशोधन सहित) को नियम (५६) अनुसार हुने बढुवाको प्रकृया अगाडी बढाउन युवा तथा खेलकुद मन्त्री एंव राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष माननीय मन्त्री डिग बहादुर लिम्बूज्यूको अध्यक्षतामा बसेको परिषद्को ११६औं बोर्ड बैठकबाट ऐ नियमावलीको नियम (९) मा व्यवस्था भएको पदपुर्ति समितिलाई पूर्णता दिए पश्चात पटक पटक भएको पदपूर्ति समितिको बैठकबाट बढुवाको लागि आवेदन दिन सूचना प्रकाशित लगायतका कार्यहरु सम्पन्न भईसकेको अवस्थामा ऐ नियमावलीको पदपुर्ति समितिमा पदेन सदस्यको रुपमा रहने मन्त्रालयको प्रतिनिधी सदस्यको लागि परिषद्बाट अनुरोध भई मन्त्रालयबाट तोकिआएको प्रतिनिधि सदस्यले पदपुर्ति समितिको केही बैठकहरुमा उपस्थित जनाउने र बैठकहरुमा उपस्थितिको लागि पत्राचार गर्दा समेत अनुपस्थिति भएको देखिन आएकोले परिषद्को ११६ औं बोर्ड बैठकको निर्णयअनुसार बढुवाको कार्य पदपुर्ति समितिमा सम्पन्न गरी परिषद्बाट अनुमोदनका लागि सिफारीस गर्ने कार्यका लागि नियमानुसार तालुकदार खेलकुद मन्त्रालयको प्रतिनिधि सदस्यको अनिवार्य उपस्थिति गराईदिनका लागि श्रीमान सचिवज्यू समक्ष अनुरोध गर्दछौं ।

परिषद्को ११६ औं बोर्ड बैठकको निर्णय अनुसारको बढुवा प्रक्रियालाई तालुक मन्त्रालयबाट नै सकारात्मक सहयोग प्राप्त नभएका कारण परिणाममुखि निष्कर्षमा पुग्न नसकेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले परिषद्मा कार्यरत कर्मचारीहरुको बढुवा प्रक्रियाका लागि परिषद्को निर्णय कार्यान्वयमा प्रक्रियागत समस्या सृजना गर्ने वातावरण भईरहेको महसुस गरेकोले माननीय युवा तथा खेलकुद मन्त्री डीग बहादुर लिम्बूज्यूबाट भएको पहिलो निर्णय अनुसार अगाडी बढेको बढुवाको प्रक्रियालाई यथाशिघ्र परिषद्को बोर्ड बैठकबाट सार्थक परिणाममा पुर्‍याउन राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघ जोडदार अपिल सर्वच गर्दछ ।

राष्ट्रिय खेलकुद परिषदमा ’लामो समयसम्म कार्यरत रही आफ्नो जीवनको अमुल्य समय खेलकुद, खेलाडी र देशका लागि समर्पण गरेका राष्ट्रसेवक कर्मचारीहरुको बढुवा प्रक्रियालाई यथाशीघ्र सार्थक परिणाममा नपुर्‍याए ३ दिनभित्र यस कर्मचारी संघले राष्ट्रव्यापी रुपमा चरणबद्व आफनो कार्यक्रम सार्वजनिक गरी दैनिक प्रशासनिक कार्यका साथै १९ औं एसियाली खेलका प्रशिक्षण लगायत सम्पूर्ण खेल गतिविधि ठप्प पारी आन्दोलन गर्न बाध्य हुने व्यहोरासमेत यसै ज्ञापन पत्र मार्फत जानकारीका लाि अनुरोध गर्दछ ।

सरस्वती केसी (भण्डारी)
अध्यक्ष

कमेन्टहरु
Loading...