नेपाल वायु सेवा निगमका वरिष्ठ क्याप्टेन लामालाई कोरोना पुष्टि

काठमाडौं । नेपाल वायु सेवा निगमका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले शान्ति सेनाको टोलीलाई २ दिन अगाडि सुडान पु¥याएर फर्किए पश्चात हिजो आइतबार परीक्षणका लागि स्वाब दिएका थिए । उनको परीक्षणको रिर्पोट पोजेटिभ आएको बताइएको छ । अहिले अहिले सोल्टी होटलको आइसोलेसनमा बसेका छन् । साथै क्याप्टेन लामा सहित अर्का १ जना पाइलटलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी पनि अहिले सोल्टीमा नै छन् । नेपाल एयरलाइन्सले उद्धार उडान सुरु गरेदेखि नै आफ्ना कर्मचारीलाई सोल्टीको क्वारेन्टिनमा राख्दै आइरहेको छ ।

कमेन्टहरु
Loading...