नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । प्रेस सल्लाहकार थापाका अनुसार आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ पेश गर्ने कार्यक्रम रहेको छ ।

यस अगाडिको सचिवालय बैठकमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीमाथि विभिन्न आरोप लगाउँदै प्रतिवेदन पेस गरेपछि आज ओलीले सोही प्रतिवेदनको जवाफ दिने छन् । प्रधानमन्त्री ओलीले दिने जवाफलाई महत्वपूर्ण तरिकाले हेरिएको छ ।

दुवै जना पार्टी अध्यक्षको आन्तरिक विवादले अहिले नेकपा विवादमा फसिरहेको छ भने पार्टी फुटका संघारमा पुगेको छ ।

कमेन्टहरु
Loading...