काँग्रेस कास्की क्षेत्र नम्बर-१ ले चैत्र १२ गते आमसभा गर्ने

पोखरा । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर १को बैठकले कोषाध्यक्ष तथा सदस्य मनोनयन गरेको छ ।

क्षेत्रीय सभापति राजेन्द«मणि लामीछानेको अध्यक्षतामा सोमबार बसेको बैठकले काँग्रेस कास्की क्षेत्र नम्बर १ कोषाध्यक्षमा अमर वहादुर केसि र क्षेत्रीय सदस्यमा बिष्णुु प्रसाद शर्मा, राजेश्याम कोईराला डिलमाया गुरुङलाई मनोनयन गरेको छ ।

बैठकले क्षेत्रीय सभापति राजेन्द«मणि लामीछानेको अध्यक्ष १५ सदस्यीय कार्यसम्पादन समिती समेत गठन गरेको क्षेत्रीय सचिव सरोज केसिले जानकारी दिए ।

बैठकले क्षेत्रीय पदाधीकारी सहित र अन्य सात सदस्य लाई कार्यसम्पादन समितीमा मनोनयन गरेको छ । सदस्यहरुमा सन्तोष तिवारी, सन बहादुर गुरुङ,मोती कुमार क्षेष्ठ ,गणेश बिक, भोजराज ओझा,विष्णु प्रसाद शर्मा र डिलमाया गुरुङलाई रहेका छन ।

कास्की क्षेत्र नम्बर १ मातहतका ३० बटा वडा कार्यसमिती कार्यालय र २ ओटा गाँउपालिका कार्यलयलाई चैत्र ५ गते एकै दिन स्थापना गर्ने निर्णय गरेको केसिले वताए ।पार्टीको जागरण अभियानलाई सफल बनाउन चैत्र १२ आमसभा गर्ने निर्णय समेत गरेको सचिव केसिले वताए ।

बैठकमा महानगरका उपसभापती प्रयाग राज भण्डारी,क्षेत्री उपसभापतीद्धय कृष्ण कोईराला ,दुर्गा सुवेदी सचिव द्धय सरोज केसि, ओम प्रकास गुरुङ, काँग्रेस रुपा गाँउपालीका अध्यक्ष बिमल बाबु न्योपाने र मादि गाँउपालीका अध्यक्ष यम बहादुर गुरुङ सहित ३० ओटै ईकाई सभापतीहरुले पार्टीको जागरण अभियान र निर्वाचनलाई लाई सफल बनाउन लाग्ने वताए ।

कमेन्टहरु
Loading...