अपराध रोक्न कानूनी साक्षरता : मन्त्री तुम्बाहाङ्फे

कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले अपराध हुन नदिनका लागि कानूनी साक्षरता कार्यक्रम सञ्चालन गरिने बताउनुभएको छ ।

दशै मनाउन जन्मघर आउनुभएका मन्त्री तुम्बाहाङ्फेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा), तेह्रथुमले आज आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उक्त जानकारी दिनुभएको हो ।

उहाँले सरकारले अध्यादेशमार्फत समेत ऐनहरु निर्माण गरी अपराध नियन्त्रण शुरु गरेको र धेरै ऐनहरु बन्ने प्रक्रियामा रहेको बताउँदै मैलिक हकसँग जोडिएका १६ वटा ऐन निर्माण गरेर कार्यन्वयनमा ल्याइएको पनि बताउनुभयो ।

कमेन्टहरु
Loading...