बुधबार बसेको सचिवालयको बैठकले प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा चुनावमा एमालेको प्रतिनिधिभन्दा कम मत आएको विषयमा छानबिन गर्ने जिम्मेवारी प्रदेश कमिटीलाई दिने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
बैठकले स्थानीय चुनावको मिति घोषणाका लागि दबाबको आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । त्यस्तै बैठकले जनसंगठनको महाविधेशनलाई निरन्तरता दिने निर्णय गरेको छ ।