पल्सर स्पोर्ट्स अर्वाडको उत्कृष्ट प्रशिक्षकको अर्वाड योगेश भट्टराईलाई

पोखरा, १७ असार /नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स उत्कृष्ट प्रशिक्षक अर्वाड पोखराका योगश भट्टराईले जितेका छन् ।

१६ औं संस्करणको अवार्डमा नेपालका लागि १८ औं एशियाली खेलकुदमा पदक दिलाउन महोत्वपुर्ण भुमिका खेलेका थिए ।

पहिलो पटक एशियाली खेलकुदमा सहभागिता गराइएको प्याराग्लाइडिङ खेलमा नेपालले उत्कृष्ट खेल प्रर्दशन गराउनमा मुख्य प्रशिक्षकको भूमिकामा रहेका योगेश भट्टराईले महत्वपूर्ण भूमिका निवार्ह गरेका थिए ।

करिब २० वर्ष अघि देखि पोखरामा प्याराग्लाईडिङको क्षेत्रमा रहेर कार्य गर्दै आएका भट्टराई नेपाल हवाई खेलकुद संस्था ना का अध्यक्ष समेत हुन् ।

प्रशिक्षकमा भट्टराई सहित फुटबलका हरि खडका, क्रिकेटका जगत टमाटा, भलिबलका ज्ञानेन्द्र विष्ट, एथलेटिक्सका धनीराम चौधरी मनोनयनमा परेका थिए ।

कमेन्टहरु
Loading...