राष्ट्रिय महिला ह्याण्डबल खेलाडी र सहारा एकेडेमीका खेलाडी बिच मैत्रीपुर्ण खेल

पोखरा, ५ असोज/ नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि बन्द अभ्यासमा रहेका नेपाली राष्ट्रिय महिला ह्याण्डबल टोलीले शनिबार पोखरा १७ दोविल्लामा रहेको सहारा एकेडेमीका खेलाडी सगँ फुटबल खेलेका छन् ।

यूवा फुटबल खेलाडीहरुले राष्ट्रिय महिला ह्याण्डबल टोलीलाई स्वागत गरेका थिए । सो अवसरमा सहारा एकेडेमीका यूवा खेलाडी कमल सोमई मगरले ह्याण्डबल टोलीलाई खादा लगाएर स्वागत गरे ।

सो अवसरमा महिला राष्ट्रिय ह्याण्डबल टोलीले सहारा एकेडेमीका यूवा खेलाडी संग मैत्रीपूर्ण फुटबल समेत खेलेका थिए । ह्याण्डबल टिमकी प्रशिक्षक विन्दा थापाले आफू कुनै दिन आएर सहाराका खेलाडीलाई ह्याण्डबल सिकाउने बताइन् ।

टोलीमा प्रशिक्षक द्वय भिमसेन शाक्य र कृष्ण शाक्य समेत रहेका थिए । सहारा एकेडेमीमा हाल विभिन्न जिल्लाका २४ जना कठिन परिस्थितीका बालकहरु आश्रित रहेका छन ।

कमेन्टहरु
Loading...