नदीपुरमा भलिबल प्रतियोगिता जारी, सेमिफाइनल समिकरण पुरा

पोखरा, १८ भदौ / पोखराको नदिपुरमा जारी दोस्रो संस्करणको क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको अन्तिम चारमा एपीएफ ‘ए’, पोखरा भलिबल प्रशिक्षण केन्द्र ‘ए’ गलकोट क्लब र एपीएफ ‘बी’ प्रबेश गरेको छ ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारा सहित आज (बुधबार) कर्पाकेली समाजको प्राङ्गणमा सम्पन्न पहिलो क्वाटरफाईनल खेलमा बिभागिय टोली एपीएफ ‘ए’ ले पुन युनाईटेडलाई २६–२४ र २५– १८ को सोझो सेटले पराजित गर्दै अन्तिम चारको स्थान सुरक्षित गर्याे ।

दोस्रो खेलमा पोखरा भलिबल प्रशिक्षण केन्द्र ‘ए’ ले छन्त्याल समाजलाई २५–१८ र २५–२० को सोझो सेटले हराउदै सेमिफाईनलमा एपीएफ ‘ए’ सँगको भेट पक्का गर्याे । त्यस्तै तेस्रो खेलमा गलकोट क्लब बाग्लुङले कास्की जिल्ला भलिबल प्रशिक्षण केन्द्रलाई २५–१६ र २५–१५ को सोझो सेटले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गर्याे ।

भने अन्तिम क्वाटरफाईनल खेलमा पोखरा एपीएफ टिम ‘बि’ ले भलिबल प्रशिक्षण केन्द्र ‘बी’ लाई २५–१५ र २५–१३ को सोझो सेटले पाखा लगाउदै अन्तिम चारका लागि गलकोटको निम्तो पायो ।
प्रतियोगिताका खेल संयोजक अनिल गुरुङका अनुसार शुक्रबार पहिलो सेमीफाईनल खेल एपीएफ ‘ए’ र पोखरा भलिबल प्रशिक्षण केन्द्र ‘ए’ बिच हुनेछ भने दोस्रो खेल गलकोट क्लब बाग्लुङ र एपीएफ ‘बी’ बिच प्रतिस्पर्धा हुनेछ ।

महिला तर्फ पहिलो चरणको खेलबाट लालीगुँरास पुन समाज टिम ‘बी’ लामाचौरले २५–८ र २५–११ को सोझो सेटले सेञ्चुरी क्लब छोम्रोङलाई पराजित गर्दै अघिल्लो चरणमा प्रबेश गर्याे ।
अर्काे खेलमा कास्की मोडर्नाइजले लालीगुँरास पुन समाज टिम ‘बी’लाई को २०–२५, २५–२३ र २५–१७ को अङ्क नतिजा सहित पराजित गरेको खेल संयोजक गुरुङले जानकारी दिए ।

गुरुङले बिहिबार भेट्रान्स तथा महिला तर्फको दोस्रो चरणको खेलहरु सञ्चालन गरिने बताए । उनका अनुसार पुरुष, महिला तथा भेट्रान्स तर्फको फाईनल खेल २१ गते शनिबार सम्पन्न हुनेछ ।
गुरुङले प्रतियोगिताकोे पुरुष तर्फको बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ६० हजार प्रदान गरिने बताए । त्यस्तै उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ४० हजार प्राप्त गर्नेछ ।

त्यसैगरी महिला तर्फको बिजेता र उपबिजेता टिमलाई क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २० र १४ हजार प्रदान गरिने बताए । उनका अनुसार भेट्रान्स तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १५ हजार र उपबिजेता टिमले नगद रु १० हजार प्राप्त गर्नेछ ।
संयोजक गुरुङले प्रतियोगिताबाट उत्कृष्ट खेलाडी तथा बिद्यागत रुपमा पुरस्कृत गरिने समेत जानकारी दिए ।

कमेन्टहरु
Loading...