राष्ट्रिय महिला भलिबलमा न्यु डायमन्ड सेमिफाइनलमा

पोखरा, १७ भदौं /न्यु डायमन्ड एकेडेमी र त्रिभुवन आर्मी क्लब नवआदर्श सामुदायिक विकास समाजलको आयोजना गरेको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छन । शुक्रबार लामाचौरमा भएको खेलमा साविक विजेता डायमन्डले आर्मीलाई २५,११,२५, १७ र २५, १५ले हराउँदै अन्तिम चारमा पुगेको हो ।

राष्ट्रिय महिला भलिबलमा न्यु डायमन्ड सेमिफाइनलमा
राष्ट्रिय महिला भलिबलमा न्यु डायमन्ड सेमिफाइनलमा

यसैगरी आर्मी पराजित भएपनि समुह क को उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । समुह क मा नेपाल पुलिस क्लब प्रतियोगिताको अन्तिम समयमा नआउने निर्णय गरेका कारण डायमन्ड र आर्मीले प्रतिस्पर्धा गरेको थिए । यसैगरी अर्को खेलमा एपिएफले मध्यपश्चिमको श्रीगाउको टोलीलाई २५, ९, २५, १० र २५, १२ ले हरायो ।

शुक्रबार अन्तिम खेल भने वर्षाका कारण सकेन । एपिएफले पश्चिममाञ्चल विरुद्धको खेलमा २–० ले अग्रता लिइरहेको बेला वर्षाले खेल रोकिएको थियो । शनिबार बिहान पहिलो खेलमा एपिएफ र पश्चिमाञ्चलले खेल्नेछन । हरितालिका तीज महोत्सव–२०७३ का अवसरमा संचालन हुने प्रतियोगिताको न्यु डायमण्डले उपाधिमा ह्याट्रीक गरिसकेको छ ।

डायमन्डका प्रशिक्षक कुमार राईले सुरुआत खेलमा टोलीले आफनो स्वभाविक खेल देखाउन नसकेको बताए । उनले भने, हामीले सहज रुपमा लियो आजको खेलमा । सर्भर बाहेक अन्यमा राम्रो प्रदर्शन भएन । प्रतियोगिताको विजेताले ७५ हजार र उपविजेताले ५० हजार रुपैयाँ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ । तेस्रोले २० हजार र सान्त्वनालाई १५ हजार दिइनेछ । विधागतरुपमा वेष्ट प्लेयर, क्वीकर, लिब्रो, स्पाइकर, ब्लकर, सर्भर, डिफेन्डर र कोचलाई उपाधि दिइनेछ । भलिबल हेर्न झण्डै ४ हजार दर्शक अट्ने कृत्रिम प्याराफिट तयार पारिएको खेल संयोजक सुशीलकुमार श्रेष्ठले जनाए ।

शुक्रबा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार विष्टले महोत्सव एवम भलिबल प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र आयोजक नव आर्दश सामुदायकि विकास समाजका अध्यक्ष धर्ममानसिंह भण्डारीले कार्यक्रम हरेक वर्ष भब्य बन्दै गएको बताए । र महोत्सवले भलिबल खेलाडीको स्तर बढाउन सहयोग गर्ने समेत बताए । यसैगरी सदस्य सचिव विष्टले नेपालले आयोजना गर्ने आगामी १३ औं साग खेलकुदको ६ खेलहरु पोखरामा गर्ने निर्णय भैसकेको जानकारी गराए ।

 

कमेन्टहरु
Loading...