भलिबलका बार्षिक क्यालेण्डर सार्वजनिक, २२ वटा कार्यक्रम (के के सहित)

काठमाडौं, २० बैशाख/ नेपाल भलिबल संघले बर्ष २०७६ को बार्षि क्यालिण्डर सार्वजनिक गरेको छ ।

अघिल्लो बर्ष जस्तै संघले यसपटक पनि बर्षभरी नै भलिबललाई ब्यस्त बनाउन नयाँ कार्यतालिका ल्याएको छ ।

संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै २२ कार्यक्रम सहित वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । संघले यो वर्ष २२ कार्ययोजना ल्याएको छ ।

संघको कार्यक्रम जेठ १३ गतेबाट शुरु हुनेछ । संघले एफआइभीबी लेभल वान कोचेस कोर्षलाई पहिलो कार्यक्रमको रुपमा शुरु गरेको छ ।

वर्षभरिको यो कार्यक्रमका लागि करिव ७ करोड ५० लाख खर्च हुने संघको अनुमान छ ।

संघका वार्षिक कार्यक्रम

१. एफआइभीबी लेभल वान कोचेस कोर्स – काठमाडौं

२. राष्ट्रिय टिम प्रशिक्षण (पुरुष) – काठमाडौं

३. भलिबल डे (जेठ ८) सातै प्रदेश

४. छैटौ महिला तथा सातौ पुरुष बिच भलिबल –पोखरा

५. ओलम्पिक डे (असार)

६. राष्ट्रिय बिच भलिबल रेफ्री कोर्स

७. राष्ट्रिय रेफ्री क्षेत्रीय रिफेरिङ कोर्स

८. एसियन रेफ्री क्यान्डिडेट कोर्स

९. एभीसी एसियन सिनियर सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिप (साउन ३२–भदौ ८)

१०. राष्ट्रिय टिम प्रशिक्षणन (महिला)

११. पाँचौ एनभिएरएनएसटी पुरुष राष्ट्रिय क्लब च्याम्पियनसिप

१२. पाँचौ एनभिएरएनएसटी महिला राष्ट्रिय क्लब च्याम्पियनसिप

१३. यु–१७ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता

१४. एसियन सेन्ट्रल जोन महिलारपुरुष बिच भलिबल

१५. १३औं दक्षिण एसियाली महिला÷पुरुष भलिबल च्याम्पियनसिप

१६. २४औं राष्ट्रिय महिला भलिबल प्रतियोगिता

१७. तेस्रो एनभिए अवार्ड

१८. ३३औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता

१९. अन्तर्रा्ष्ट्रिय मैत्रीपुर्ण खेल पुरुष÷महिला

२०. पाँचौ आरबीबी–एनभिए राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिता

२१. पाँचौ आरबीबी–एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल प्रतियोगिता

२२. प्रथम एसियन सेन्ट्रल जोन सिनियर भलिबल च्याम्पियनसिप

कमेन्टहरु
Loading...