पूर्व राष्ट्रिय खेलाडी परीक्षा गुरुङद्वारा साग भलिबल टोलीलाई जर्सी सहयोग

पोखरा, ७ मंसिर/ पूर्व राष्ट्रिय खेलाडी परीक्षा गुरुङले आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा हुन लागेको बिच भलिबल खेलाडीलाई जर्सी सौजन्य गरेकी छिन् । पोखरा ६ बाराही मैदानमा निर्माणाधीन बिच भलिबल कोर्टमा अभ्यासरत खेलाडीलाई शुक्रबार १२ सेट जर्सी सौजन्य गरेकी हुन् ।

पूर्व राष्ट्रिय खेलाडी गुरुङ यतिबेला युकेमा छिन् । युकेमा उनी संलग्न अल्डरसट भलिबल क्लबले अभ्यासरत सागमा भाग लिने खेलाडीका लागि जर्सी सौजन्य गरेकी हुन् । अभ्यासरत बिच भलिबल टिमलाई उनका बुवा खर्कमान गुरुङ र आमा गीतादेवी गुरुङले जर्सी हस्तान्तरण गरेका थिए ।

‘एउटा खेलाडीले आफू विदेशमा रहेर पनि आफ्नो देशलाई यसरी सम्झिएकोमा हर्षविभोर छौं,’ बिच भलिबल प्रशिक्षक कौशिला खत्रीले भनिन् । गुरुङको बाआमा पोखरा २ मिरुवामा बस्दै आएको छ । बुवा खर्कमान गुरुङले छोरी ५ वर्षअघि बैबाहिक सम्बन्ध जोडेर युके गएपनि भलिबललाई भलिबलाई छोड्न नसकेको बताए ।

‘युकेमा पनि छोरी उतैको क्लबबाट भलिबल खेल्छिन् । त्यहाँको पनि राम्रो खेलाडीमा मानिन्छन्,’ परीक्षाकी आमाले गीतादेवी गुरुङले भनिन्, ‘त्यहाँ पनि कैयौं पटक उत्कृष्ट खेलाडी भइसकेकी छे ।’

परीक्षा गुरुङ पाँचौ राष्ट्रिय खेलकुददेखि नेपाली राष्ट्रिय टिममा डेब्यू गरेकी हुन् । त्यसपछिका छैंठौ र सातौं खेलकुदमा पनि उनले राम्रो नतिजा ल्याएकी थिइन् ।

उनले इन्डोर भलिबल खेलाडीलाई पनि निक्याप र जर्सी निशुल्क उपलब्ध गराएको बिच भलिबल प्रशिक्षक कौशिला खत्रीले जानकारी दिइन् । बिच भलिबलका कोर्ट निर्माण कार्यसमेत धमाधम अघि बढाइएको छ ।

कमेन्टहरु
Loading...