भलिबलमा एपीएफको दोहोरो जित (कस्को कति मेडल सहित)

पोखरा, ६ बैशाख /आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत भलिबल प्रतियोगिताको महिला स्पर्धामा एपीएफ र प्रदेश ३ ले जित निकालेका छन् ।

खजुरामा भएको खेलमा एपीएफले प्रदेश १ लाई २५–४,२५–९ र २५–१० को सोझो सेटमा हरायो । त्यस्तै प्रदेश ३ ल प्रदेश २ लाई २५–९,२५–७ र २५–१३ को सोझो सेट स्तब्ध बनायो ।

नेपाल प्रहरीले सुदूरपश्चिमलाई २५–४,२५–९ र २५–५ को सोझो सेटमा हराउदा गण्डकीले कर्णाली प्रदेशलाई २५–११,२५–१७ र २५–८ को सोझो सेटमा स्तब्ध बनायो ।

पुरुषतर्फ एपीएएफले प्रदेश ५ लाई २५–८,२५–२१ र २५–२२ को सोझो सेटमा हरायो । आर्मीले गण्डकी प्रदेशलाई २२–२५,२५–१८,२५–२१ र २५–१४ को सेटमा पराजित गर्यो ।

पुलिसले सुदूरपश्चिमलाई २५–१५,२५–१९ र २५–१७ को सोझो सेटमा हराउदा प्रदेश ३ ले कर्णाली प्रदेशलाई २५–१७,२५–१८ र ३०–२८ को सोझो सेटमा पराजित गरेको छ ।

Province 1 3 7 26 36
Province 2 6 6 5 17
Province 3 9 15 33 57
Gandaki Province 6 7 18 31
Province 5 4 10 23 37
Karnali Province 2 1 2 5
Farwest Province 6 5 14 25
Nepal Army 44 31 26 101
Nepal Police 21 20 21 62
APF 17 16 27 60
NRNA 1 0 3 4
Total 119 118 198 435
कमेन्टहरु
Loading...