भेट्रान्स भलिवलको उपाधी आयोजकलाई

पोखरा, ८ फागुन /आयोजक कास्की जिल्ला भलिवल संघले लेकसाइडको बसुन्धरा पार्कमा सम्पन्न खुल्ला पुरुष भेट्रान्स भलिवल प्रतियोगिताको उपाधी जितेको छ ।

फाइनल खेलमा बैदाम भेट्रान्सलाई प्रतिस्प्रधात्मक खेलमा २२–२५, २५–२१, २५–२३, २२–२५ र १५–१३ को सेटमा पराजित गर्दै आयोजक कास्की जिल्ला फुटवल संघले नगद १५ हजार, मेडल सहितको उपाधी जितेको हो । द्धितिय हुने टिमले नगद १० हजार सहित मेडल पुरस्कार प्राप्त ग¥यो ।

प्रतियोगिताका विजेता खेलाडीहरुलाई कार्यक्रमका महिला शसक्तिकरण नेपालका संस्थापक अध्यक्ष लक्कि कार्की तथा अन्य अतिथिहरु खेलकुद पत्रकार मञ्च कास्की निवर्तमान अध्यक्ष विनोद लामिछाने, समाजसेवी गोविन्द बराल, प्रतियोगिताका सहयोगीहरु कुमार गुरुङ्ग, अशोक पराजुली लगाएतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा पूर्व अन्र्तराष्ट्रिय तथा राष्ट्रिय खेलाडीहरु देवी सुवेदी, हरि पराजुली, बलराम क्षेत्री, राजेन्द्र भट्टराई, लगायतले सहभागिता जनाएका थिए । प्रतियोगिताको प्रमुख पुरस्कार राशिको प्रायोजन पूर्व खेलाडी नुरेन थापाले सहयोग गरेका थिए ।
संघ कास्कीका अध्यक्ष भिम पराजुलीको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोह संघका सह–सचिव शेषकान्त भट्टराईले संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...