युनाईटेड कप बास्केटवल प्रतियोगिताको उपाधी काठमाण्डौको जेभियर इन्टरनेश्नललाई

पोखरा, १ पुस /प्रथम युनाईटेड कप बास्केटवल प्रतियोगिताको उपाधी काठमाण्डौको जेभियर इन्टरनेश्नलले हात पारेको छ । जेभियरका खेलाडी निकेश मगरको २६ प्वाइन्ट स्कोर संगै युनाईटेड कपको उपाधी हासिल हासिल गर्न सफल भएको हो । प्रतियोगितामा जेभियरले खिलाङलाई ५०–४३ स्कोरले पराजित गरेको थियो ।

उपाधी संगै जेभियरले नगद १ लाख सहित, शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र हात पार्न सफल भएको छ । प्रतियोगिताको उपविजेता खिलाङले नगद ४० हजार, शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र हात पार्न सफल भयो । प्रतियोगितामा जेभियरका निकेश मगर उत्कृष्ट खेलाडी घोषित भए ।

त्यसैगरी भेट्रान्स तर्फको उपाधी एक्स आर्मीले हात पार्न सफल भयो । फाइनल खेलमा एक्स आर्मीले लामाचौरलाई ३३–२४ स्कोरले पराजित गरी उपाधी हासिल गरेको हो । उपाधी संगै एक्स आर्मीले नगद २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र हात पार्न सफल भयोभने उपबिजेता लामाचौरले नगद १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । उक्त खेलमा एक्स आर्मीका टुक बहादुर पुनले १३ स्कोर गर्न सफल भएका थिएभने खेलमा एक्स आर्मीका चुम बहादुर पुर्जा उत्कृष्ट खेलाडी घोषित भए ।

त्यसैगरी महिला तर्फको खेलमा काठमाण्डौको समृद्धी गोरिल्लाले ग्रीनहिललाई ३२–२८ स्कोरले पछाडि पार्दै उपाधी हासिल गर्न सफल भयो । समृद्धीको मुना महर्जनको २१ प्वाइन्ट स्कोरले गोरिल्लालाई उपाधी जित्न सहज बनाएको थियो । उपाधी संगै समृद्धि गोरिल्लाले नगद २० हजार, शिल्ड मेडल र ट्रफी हात पार्न सफल भयो भने उपविजेता ग्रीनहिलले नगद १० हजार, शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्त प्राप्त गरे । प्रतियोगितामा ग्रीन हिलका खेलाडी दीपिका गुरुङ उत्कृष्ट खेलाडी घोषित भइन ।

प्रतियोगितामा विजेता खेलाडीहरुलाई कास्कीका प्रदेश सभा सदस्य गायत्री गुरुङ, संस्थापक हिमालय बख्रेल, सानिमा बैङ्क अमरसिंह शाखाका प्रवन्धक विरेन्द्र लाल श्रेष्ठ, कास्की जिल्ला बास्केटवल संघका अध्यक्ष ध्वजकुमार गुरुङ, एन आर एन युकेका भुतपूर्व अध्यक्ष मुक्षेत्र गुरुङ, क्लवका सल्लाहकारहरु सेती थापा र क्याप्टेन हितमान गुरुङ, कानुनी सल्लाहकार बिमल भण्डारी क्षेत्री, पोखरा महानगरपालिकाका वरिष्ठ कानुनी अधिकृत नारायण शर्मा, क्लवका अध्यक्ष लालकाजी गुरुङ र क्लवका पदाधिकारीहरुले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।

सो अवसरमा वोल्दै गण्डकी प्रदेश सभा सदस्य गायत्री गुरुङले युनाईटेड क्लवले स्थापना कालदेखी सामाजिक काममा लागी परिरहेको सन्दर्भमा हाल आएर आफ्नो खेलकुद कार्यक्रम अन्तर्गत बास्केट वल प्रतियोगिताको आयोजना गरेर बास्केट वलको महत्व र यो खेलको बिकासमा लागेकोमा युनाईटेड क्लवलाई धन्यवाद ब्यक्त गरिन । युनाईटेड क्लवको पहलमा गण्डकी प्रदेशमा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माण भइरहेको र यसमा आफ्नो तर्फबाट र गण्डकी प्रदेशको तर्फबाट सहयोग गर्ने वताउदै युनाईटेड क्लवका हरेक क्रियाकलापमा आफ्नो तर्फबाट सक्दो सहयोग हुने वताइन ।

कमेन्टहरु
Loading...