एमालेले खेलकुद संघसंस्था विघटन गर्न खोज्यो ः लामा, कास्की खेलकुद जिल्ला संयोजकमा सुबेदी

पोखरा, २० चैत /एकीकृत नेकपा माओवादी निकट अखिल नेपाल खेलकुद महासंघ प्रदेश नम्बर ४ को शनिबार भएको बैठकले प्रदेश अन्तर्गतका जिल्ला संयोजकहरु तोकेको छ । महासंघका केन्द्रीय अध्यक्ष युवराज लामाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले संयोजकहरु तोकेको हो ।

एमालेले खेलकुद संघसंस्था विघटन गर्न खोज्यो ः लामा
एमालेले खेलकुद संघसंस्था विघटन गर्न खोज्यो ः लामा

बैठकले कास्की संयोजकमा वलराम सुवेदी, पर्वतमा राम कँडेल, लमजुङ्गमा हरिजङ्ग तामाङ, तनहुमा ईङ्गिलस श्रेष्ठ र नवलपरासी जिल्ला अन्तर्गतको नवलपुरमा ओमप्रसाद उपाध्यायलाई संयोजक तोकेको हो ।

जिल्ला संयोजक तोक्न बाँकी स्याङ्जा, वागलुङ्ग, म्याग्दी, मनाङ, मुस्ताङ्ग र गोरखामा पछि तोकिने महासंघका प्रदेश संयोजक जीवन खातीले जानकारी दिए ।

एमालेले खेलकुद संघसंस्था विघटन गर्न खोज्यो ः लामा

बैठकलाई सम्बोधन गर्दै अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष युवराज लामाले सरकारको नेतृत्व गरेको पार्टी एमालेले खेलकुद संघसंस्था कब्जा गर्न खोजेको आरोप लगाए । उनले राष्ट्रिय खेलकुद नगर्नुका साथै भएका खेलकुद संघसंस्था विघटन गर्दै तदर्थ समिति मार्फत अन्र्तराष्ट्रिय माफियाकरण भित्राउने प्रयास गरिरहेको दाबी गरेका हुन् ।

फरक प्रसङ्गमा उनले आफू राखेपको सदस्यसचिव हुँदा खेलकुदको विकासका लागि उल्लेखनीय कार्य भएपनि त्यसको स्वामित्व पार्टीले लिन नसकेको गुनासो गरे । उनले भने,‘चिया गफमा कांग्रेस एमाले नेता, कार्यकर्तादेखी सर्वसाधारण सम्मले हाम्रो तारिफ गरेपनि आफ्नै पार्टीले भने संस्थागत स्वामित्व लिन सकेन ।’

खेलकुद महासंघ प्रदेश नम्बर ४ का फ्र्याक्सन ईञ्चार्ज एवम् एमाओवादी कास्कीका अध्यक्ष दीपक कोइराला ‘रुपक’ले खेलकुदको विकास र खेलाडीको सम्मान गर्ने संस्कृतिको विकास एमाओवादीकै कारण भएको बताए ।

जिल्ला खेलकुद विकास समिति कास्कीका पूर्व अध्यक्ष तथा प्रदेश नम्बर ४ का वाईसियल संयोजक सुमन देवकोटाले खेलकुदको विकासका लागि एमाओवादीसँग मात्र भिजन र त्यो भिजन पूरा गर्ने क्षमता रहेको दाबी गरे ।

कमेन्टहरु
Loading...