पोखरामा सिनियर अन्र्तराष्ट्रिय ग्रेड–४ टेनिस शुरु, कमल थापाको विजयी शुरुवात

पोखरा, ४ असोज / कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा शनिबारदेखि एनआईसी एसिया बैंक नेपाल आईटिएफ सिनियर विश्व बरियता ग्रेड–४ टेनिस प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा भेट्रान अन्र्तराष्ट्रिय खेलाडी कमल थापाले विजयी शुरुवात गरेका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले ५५ वर्ष माथिको एकलतफर्प भारतिय खेलाडी एसएन बसिष्ठलाई ६–०, ६–२ सहज सेटमा पराजित गर्दै विजयी यात्रा शुरु गरेका हुन् ।

च्याम्पियनसिपको पहिलो दिन पोखरेली भेट्रान खेलाडी अनिल तुलाचनले करिमुल्ला मुश्लिमलाई ६–०, ४–६ र ६–० ले पराजित गर्दै अर्को चरणमा स्थान बनाए । ४५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा विमलकुमार गुरुङले कुलबहादुर तामाङमाथि ६–२, ६–२ को नतिजा निकाले । त्यसैगरी अर्को खेलमा उत्तम बोगटीलाई पोखरेली खेलाडी बिकास गुरुङले ६–३, ६–१ को सेटमा पराजित गरे ।

३५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा सन्जयप्रकाश श्रेष्ठले अनिषसिंह गुरुङलाई ६–३, ६–० को सोझो सेटमा पराजित गरेका थिए । यसैगरी अर्को खेलमा पोखराका युवा खेलाडी बिकास गुरुङले अशोक गुरुङलाई रिटायर्ड हर्डमा पराजित गरे ।

यसअघि गण्डकी प्रदेश आर्थिक विकास समितिका सभापति एवं पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पुर्व अध्यक्ष दिपक कोईरालाले टुर्नामेण्ट डाइरेक्टर अजय विष्टलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रतियोगिता उद्घाटन गर्दै कोइरालाले टेनिसले पोखरामा खेल पर्यटनमा महत्पूर्ण योगदान पु¥याएको बताए । आयोजक कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे तामाङ्गको अध्यक्षतामा भएको उद्घाटन समारोह सचिव नविन चालिसेले सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...