पोखरामा भएको होली कप टेनिसको उपाधिका भट्टराईलाई

पोखरा, ६ चैत/पोखराको गुरुङ भिलेज टेनिस कोर्टमा आयोजित होली टेनिस कपको उपाधि गोपी भट्टराईले जितेका छन् ।

उनले बुधबार फाईनलमा विकास गुरुङलाई ७–६ र ७–५ को सेटले पराजित गर्दै होली कपको ट्रफी हात पारेका छन् ।

गुरुङ भिलेज टेनिस कोर्टमा आयोजित होली टेनिस कपको उपाधिको लागि गोपीबहादुर भट्टराईले विकास गुरुङसँग खेल्ने छन् । मंगलबारको सेमिफाईनल प्रतिस्पर्धामा भट्टराईले धरमबहादुर लामिछानेलाई ७–५, ७–५ को सेटले पराजित गर्दै फाईनलको यात्रा तय गरेका हुन् ।

विकास गुरुङले नविन चालिसेलाई ६–४, ६–४ को सेटले पराजित गर्दै उपाधिको लागि गोपी भट्टराईसँग खेल्ने निश्चित गरेका थिए ।

डिहिकोपाटनस्थित टेनिस कोर्टमा आयोजित होली कप टेनिसमा २१ जना खेलाडीले प्रतिस्पर्धा गरेको राजन पौडेलले जानकारी दिए । प्रतियोगितामा विजेता तथा उपविजेतालाई नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले ट्रफी प्रदान गरेका थिए ।

फाईनलमा कास्की जिल्ला टेनिस संघका पदाधिकारीहरुको समेत उपस्थिति थियो । गुरुङ भिलेज टेनिस कोर्टमा वर्षेनी होलीको अवसरमा टेनिस प्रतियोगिता आयोजना गरिदैं आएको उनको भनाई थियो ।

कमेन्टहरु
Loading...