भेट्रान्स टेनिसमा मनोज राणाको दोहोरो जित

पौष १२,पोखरा/नेपाल टेनिस संघका अध्यक्ष मनोज राणाले पोखराको पस्र्याङ्गमा जारी १२ औं राष्ट्रिय भेट्रान्स टेनिस प्रतियोगितामा शुक्रबार दोहोरो जित निकालेका छन् । उनले ३५ र ४५ वर्ष माथिको डबल्सतर्फ जित हात पारेका हुन् । प्रतियोगितामा पोखरेली खेलाडी दोर्जे लामाले उत्कृष्ट प्रदर्शन गरेका छन् ।tennis court abalokan३५ वर्ष माथिको एकलमा उनले प्रतियोगिताकै दाबेदार प्रताप मोक्तानलाई पराजित गरे । पहिलो सेट ३–६ ले गुमाएका लामाले खेलमा उत्कृष्ट पुनरागमन गर्दै दोश्रो सेट ६–३ ले तथा अन्तिम सेट सुपरटाईमा १०–७ ले आफ्नों पक्षमा पारे । जितसंगै लामा प्रतियोगिताको क्वाटर फाइलनमा पुगे । त्यसैगरि अर्को प्रतिस्प्रधात्मक खेलमा शसस्त्र प्रहरीका एसएसपी दुर्गा कुँवरेले अनुज बाँस्तोलामाथि ६–४,६–३ को कठिन नतिजा निकाल्दै अन्तिम आठमा स्थान पक्का गरे ।

कास्की जिल्ला टेनिस संघ र पस्र्याङ्ग टेनिस क्लवको संयुक्त आयोजनामा जारी प्रतियोगिता अन्तर्गतनै ३५ वर्ष माथिको एकलतर्फ डिफेण्डीङ्ग च्याम्पियन महेश श्रेष्ठले राजु गुरुङ्गलाई प्रतिस्प्रधात्मक खेलमा ७–५ र ६–१ ले पराजित गरे । त्यस्तै, धरमसिंह लामिछानेले अमृत कार्कीलाई ६–२,६–४ ले तथा राजु गुरुङ्गले निरेश श्रेष्ठलाई ६–२,६–३ ले पराजित गर्दै अघि बढे । प्रतियोगिता अन्तर्गत ४५
वर्ष माथिको एकलमा कर्ण तामाङ्गले दिनेश तुलाधरलाई ६–३,६–१ ले, सुरेन्द्र माकाजुले शरण गुरुङ्गलाई ६–१,६–२ ले तथा उत्तम लामाले राजु गुरुङ्गलाई ६–०,६–० ले पराजित गरे ।

३५ वर्ष माथिको डबल्समा राजु श्रेष्ठ र कमल भण्डारीको जोडिले अनुज बाँस्तोला र निरज थापाको जोडिलाई ६–३,६–० ले, चन्द्र शाहि र गोपाल मानन्धरको जोडिले शसस्त्र प्रहरीका एसएसपी दुर्गा कुँवर र दोर्जे लामाको जोडिलाई ६–२,६–३ ले तथा मनोज राणा र महेश श्रेष्ठको जोडिले विकाश गुरुङ्ग र छेवाल लामाको जोडिलाई ७–५ र वाकओभरमा पराजित गरे । त्यस्तै, ४५ वर्ष माथिको खेलमा मनोज राणा र झ्याम्पा ढुण्डुपको जोडिले पृथ्वीमान गुरुङ्ग र काजी गुरुङ्गलाई ६–१,६–२ ले तथा धरम शाहि र सञ्जय अमात्यको जोडिले सुरेन्द्र
माकाजु र राजु गुरुङ्गको जोडिलाई ६–१,६–३ ले पराजित गरे ।

५० वर्ष माथिको एकलमा उत्तम लामाले झ्याम्पा ढुण्डुपमाथि ६–३,६–२ को नतिजा निकालेका थिए । शुक्रबार नेपाल टेनिस संघ तथा कास्की जिल्ला टेनिस संघका पदाधीकारीहरुले पोखरा रंगशालाभित्रको निर्माणाधिन टेनिसकोर्ट स्थलगत अवलोकन समेत गरेका थिए ।

कमेन्टहरु
Loading...