स्नुकरको तेस्रो चरणमा ३२ जना प्रवेश

पोखरा, २४ माघ । क्लब दी पोखराको आयोजनामा पोखरामा संचालित स्नुकर च्याम्पियनशिप –२०१४ को तेस्रो चरणमा ३२ जना खेलाडी प्रवेश गरेका छन्। प्रतियोगिताको दोस्रो चरणको खेल सम्पन्नहुदाँ ६५ जना खेलाडी बाहिरिएका छन्। प्रतियोगितामा ९७ जना खेलाडी सहभागि थिए। दोस्रो चरणसम्मको खेल बेष्ट अफ थ्रीका आधारमा खेलाइएको थियो। अब तेस्रो चरणको खेल भने बेष्ट अफ फाईभका आधारमा खेलाईने क्वलका संचालक गणेश बसौलाले जानकारी दिए।

दोस्रो चरणको खेल शुक्रबार सम्पन्न भएको हो। शुक्रबार १३ खेल भएका थिए। तेस्रो चरणको खेल शनिवारदेखि शुरु हुने छ। शुक्रबारको खेलबाट बुद्व खवास, विजय, सन्तोष गुरुङ, संजय श्रेष्ठ, नवीन राना, कुमार थापा, दिपक थापा, हिमाल लिम्बु, प्रेम गुरुङ, दिपेश क्षत्री, उज्वल पुन, विद्यान थापा र महेन्द्र नेपाली तेस्रो चरणमा प्रवेश गरेका छन्।
स्नुकर खेलाडीहरुलाई प्रोत्साहित गर्न तथा स्नुकरप्रेमीहरुलाई उत्साहित बनाउने उदेश्यले सोमबारदेखि प्रतियोगिता शुरु भएको हो।

च्याम्पियनशिपमा प्रथम हुनेले नगद रु २५ हजार पाँच सय र द्वितिय हुनेले १० हजार सहित प्रमाणपत्र र शिल्ड पाउने छन्। त्यसैगरी, प्रतियोगिताका दुई सेमीफाईनलिष्टलाई पनि जनही नगद रु दुई हजार पाँच सय÷दुई हजार पाँच सय र प्रमाणपत्र प्रदान गरिने छ। यसैगरी हाईयष्ट ब्रेक गर्ने खेलाडीलाई पनि नगद रु. पाँच हजार प्रदान गरिने बताइएको छ।  डेढ दशकपछि पोखरामा यस्तो प्रकारको प्रतियोगिता आयोजना गरिएको हो।

कमेन्टहरु
Loading...