सृजना कप भलिबलमा छात्रतर्फ क्वाटरफाइनल र छात्रातर्फ सेमीफाइनल समीकरण पूरा

पोखरा, ८ फागुन / पोखरामा जारी सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिता अन्तर्गत छात्रतर्फ क्वाटरफाइनल समीकरण पूरा भएको छ भने छात्रातर्फ सेमीफाइनल समीकरण पूरा भएको छ ।

कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा भइरहेको प्रतियोगिता अन्तर्गत विहीबार भएको छात्रातर्फको क्वाटरफाइनल खेलमा जनप्रकाश माविले विन्दबासिनी माविलाई २५–६ र २५–१२ को सोझो सेटमा पन्छाउँदै सेमी फाइनल यात्रा तय ग¥यो ।

अर्को खेलमा ताल वाराही माविले महेन्द्र माविलाई २५–१८ र २५–२१ को सोझो सेटमा हराउँदै सेमीफाइनल यात्रा सुनिश्चित ग¥यो । विहीबार नै भएको खेलमा जनप्रिय माविले छोरेपाटन माविलाई २५–१२ र २५–१६ को सोझो सेटमा तथा राष्ट्रिय माविले अमरसिंह माविलाई २५–१९ र २५–२३ को सोझो सेटमा पन्छाउँदै सेमीफाइनल प्रवेश गरे । यसअघी विहान भएको क्वाटरफाइनल खेलमा शान्त माविलाई २५–१० र २५–१४ को सोझो सेटमा हराउँदै राष्ट्रिय मावि क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगिता अन्तर्गत छात्रतर्फ कालिका माविले शान्त माविलाई २५–१९, २२–२५ र २५–२३ को सेटमा, राष्ट्रिय मािवले भद्रकाली माविलाई २५–२०, १८–२५ र २५–१८ को सेटमा, विन्दबासिनी माविले शुक्रराज माविलाई २५–२१, २२–२५ र २५–१३ को सेटमा, माछापुच्छ«े माविले अमरसिंह माविलाई २५–२३ र २९–२७ को सोझो सेटमा, लक्ष्मी माविले छोरेपाटन माविलाई २५–१५ र २५–२१ को सोझो सेटमा तथा मेश्रम बराह माविले महेन्द्र माविलाई २५–२१, २०–२५ र २५–२२ को सेटमा पराजित गर्दै क्वाटरफाइनल यात्रा तय गरे । यसअघी विहीबार विहान भएको खेलमा कालिका माविले जनप्रिय माविलाई २५–१६ र २५–२२ को सोझो सेटमा पराजित गर्दै प्रिक्वाटरफाइनल यात्रा तय गरेको थियो ।

प्रतियोगिता अन्तर्गत शुक्रबार छात्रातर्फ सेमीफाइनल र छात्रतर्फ क्वाटरफाइनल तथा सेमीफाइनलका खेलहरु हुने आयोजक कास्की जिल्ला भलिवल संघले जनाएको छ । जस अन्तर्गत छात्रातर्फको पहिलो सेमीफाइनल खेलमा जनप्रिय मावि र राष्ट्रिय मावि तथा दोश्रो सेमीफाइनल खेलमा विन्दबासिनी मावि र ताल वाराही मावि प्रतिष्पर्धामा उत्रिनेछन् ।

छात्रतर्फको क्वाटरफाइनलमा राष्ट्रिय मावि र माछापुच्छ«े मावि, विन्दबासिनी मावि र वाराही मावि, पार्दी मावि र मेश्रम वराह मावि तथा लक्ष्मी मावि र कालिका मावि प्रतिष्पर्धामा उत्रिनेछन् । छात्रतर्फको सेमीफाइनल खेलपनि शुक्रबारै हुने कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका शुरु भएको प्रतियोगितामा छात्रतर्फ २७ र छात्रातर्फ १५ गरि कुल ४२ टिमले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुले मात्र सहभागिता जनाएका छन् ।

प्रतियोगितामा उपाधि बिजेता छात्र÷छात्रा दुबै तर्फकालाई ५०/५० हजार, उपबिजेतालाई ३०/३० हजार र तृतीय हुने विद्यालयलाई १५/१५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी छात्र तथा छात्रालाई जनही ५/५ हजारसहित ट्रफी तथा अन्य उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई १/१ थान भलिबल प्रदान गरिने सृजना विकास केन्द्रका प्रथम उपाध्यक्ष ईन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...