शुभकामना कपमा सत्य युवा क्लव र आयोजक पहेलो फाईनलमा प्रवेश

पोखरा, ५ बैशाख । हेमजा युनाईटेड पोखरा–२९ हेमजाले आयोजना गरेको शुभकामना कपमा सत्य युवा क्लव र आयोजक हेमजा युनाईटेड पहेलो फाईनलमा प्रवेश गरेका छन्।
आईतबार भएको पहिलो सेमिफाईनल खेलमा सत्य युवा क्लव बाझापाटनले आयोजक हेमजा युनाईटेड निलोलाई ६–० को फराकिलो गोल अन्तरले पराजित ग¥यो। प्रतियोगितामा सत्य युवा क्लवका जर्सी नं २३ का शिव सुवेदीले तीन, जर्सी नं.७ का ध्रुव घिमिरे र जर्सी नं. ११ का हेमन्त थापा मगरले एक एक गोल गरेका थिए। आयोजक हेमजा युनाईटेड निलोबाट भने कुनै गोल हुन सकेन्।

प्रतियोगितामा सत्य युवा क्लवका तर्फबाट जर्सी २३ का शिव सुवेदी म्यान अफ दी म्याच घोषित भए। प्रतियोतिाको दोस्रो प्रतियोगितामा आयोजक हेमजा युनाईटड पहेलोले विष्णु पादुका क्लव पहेलोलाई २–० ले पराजित ग¥यो।  प्रतियोगितामा म्याद अफ दि म्याचको ट्रफि वडा प्रहरी कार्याल वगरका प्रमुख प्रहरी निरिक्षक मोहनबहादुर खाँण र हेमजा युनाईटेडका अध्यक्ष ईन्द्रप्रसाद त्रिपाठीले वितरण गरेका थिए।

बैशाख ७ गते १ वजे आयोज हेमजा यनाईटेड पहेलो र सत्य युवा क्लव वाझापाटन वीच फाईन खेल हुने कोषाध्यक्ष ईन्द्रबहादुर कुँवरले जानकारी दिए । युवा एकता र विकासका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिता गौरी शंकर खेल मैदान गैरीमा चल्ने छ। प्रतियोगितामा १२ टिमको सहभागि रहेको छ।

खेलकुदको माध्यमबाट कुलतमा फसेका साथै वेरोजगार युवा युवतीहरुलाई विकृति र विसङ्गति बाट जोगाई सहि बाटो देखाउनका लागि टेवा पु¥याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम हुनेलाई एक लाख ११ हजार एक सय ११, दोस्रा हुनेलाई ६१ हजार एक सय ११, कप मेडल ट्रफि र प्रमाण पत्र प्रदान गरिने हेमजा युनाईटेडका सहसचिव खिमलाल तिमिल्सिनाले जानकारी दिए ।

कमेन्टहरु
Loading...