सफल पोखरा म्याराथनको तयारी अन्तिम चरणमा

पोखरा, २ फागुन /पोखरामा पाँच दिनपछि हुने सफल पोखरा म्याराथनको तेह्रौं सस्करणको म्याराथन हुदैंछ । म्याराथनमा धावकहरुको सहभागिता जनाउँदै स्पोर्टस टुरिज्म सिटीको रुपमा विकास गर्ने उद्देश्यसहित डेढदशक देखि भुतपुर्व खेलाडी मन्चले निरन्तरता दिदैं आएको छ ।

‘१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन’ लाई सफल पार्न तयारी तीव्र पारिएको भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङले बताएका छन् । म्याराथन विभागीय क्लबका खेलाडीहरुको बर्चस्व रहदैं आएको छ ।

अध्यक्ष गुरुङले प्रतियोगिताको तयारी बारे जानकारी दिदैं १३ औं संस्करणमा आफुहरु अझ बढी उत्साहित भएको उल्लेख गरे । प्रतियोगितालाई सफलपार्न २६ वटा उपसमिति बनाएर र तयारी तिव्र पारेको जनाउदै अध्यक्ष गुरुङले हालसम्म ३ सय ५७ वटा संघ–संस्था संग समन्वय गरी अघि बढेकाले थप उत्साहित भएको बताए ।

दौडले पोखराको १७ वटा वडालाई छुन्छ । सम्बन्धित वडाहरुले सहयोगी भूमिका खेल्ने प्रतिबद्धता गराएको छन् । अध्यक्ष गुरुङले वडा अध्यक्षहरुले प्रतियोगिताको तयारीको लागि सहयोग गरेको उल्लेख गरे । प्रतियोगितामा जापान, चाईना, फ्रान्स सहितका युरोपका समेत धावकहरु सहभागी हुनेभएको उनले जनाए । म्याराथनको ४२ किलोमिटरको दुरीमा १२ वटा ठाँउमा स्वयंसेवक खटाईने छ ।

मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाटले यसपटक प्रविधीमैत्री प्रतियोगिता हुने तयारी भएको जनाए । छलफलमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राम कृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पुर्व अध्यक्ष नारायण कार्की, पुण्य प्रसाद पौडेलले प्रतियोगितालाई सफलपार्न सहयोग गर्ने जनाए ।

कमेन्टहरु
Loading...