तेस्रो सफल पोखरा कपको तयारी पुरा

पोखरा २ कार्तिक । कार्तिक ५ देखि सुरु हुने तेस्रो सफल पोखरा कपको सम्पूर्ण तयारी पुरा भएको छ । प्रतियोगिताको लागि मैदान ब्यबस्थापना, बैकल्पिक प्याराफिट निर्माण लगायतका काम पुरा भएको आयोजक कास्की जिल्ला फुटबल संघले जनाएको छ । आयोजकले आज पत्रकार सम्मेलन गरी प्रतियोगितामा सहभागि हुने टिमहरु पोखरा आउने क्रम सुरु भएको जनाएको छ ।

safal pokhara cupप्रतियोगितामा सहभागिताको लागि अष्ट्रेलियाको यति एफसि , नेपलिज फुटबल एसोसिएसन हङकङ र फ्रेण्ड्स क्लव पोखरा आईसकेका छन् । कार्तिक १६ सम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा नोपलको ए डिभिजनका ७ टिम, १६ बर्ष मुनीको राष्ट्रिय टोलि, बिदेशी ३ र आयोजक सहित १२ टिमले सहभागिता जनाउनेछन् । प्रतियोगितामा साविक विजेता मनाङ मस्याङदी क्लव, ए डिभिजन लिग च्याम्पियन थ्रीस्टार क्लव, आर्मी , शसस्त्र प्रहरीको एपीएफ , फ्रेण्ड्स क्लव, जावलाखेल र हिमालयन शेर्पा गरी ए डिभिजनका ७ टोली सहभागी हुनेछन् ।

त्यस्तै यु–१६ राष्ट्रिय टिम र आयोजक पोखरा ११ ले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् । बिदेशी टिममा अष्ट्रेलियाको यती एफसी, हङकङ नेप्लीज फुटबल एसोसिएसन र भुटानको ए डिभिजन क्लबले सहभागिता जनाउने संघका अध्यक्ष गोपी बहादुर भट्टराईले बताए । प्रतियोगिताको विजेताले नगद ३ लाख ५५ हजार र उप–विजेताले २ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ठ खेलाडिलाई एउटा मोटरसाईकल प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा बिभिन्न बिधामा उत्कृष्ठ खेलाडिलाई नगद १५ हजार प्रदान गरिने संयोजक कुमार गुरुङले बताए ।

पोखरा रंगशालाको मौजुदा प्याराफिट सानो भएकाले दर्शक सुबिधाको लागि १५ सय क्षमताको बैकल्पिक प्याराफिट समेत निर्माण गरिएको छ । प्रतियोगिता अबलोकनको लागि क्वारटफाईनल सम्म ५० रुपैया , सेमिफाईनल र फाईनलको लागि एक सय रुपैया टिकटदर कायम गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न ५० लाख खर्च अनुमान गरिएको छ भने १५ लाख बचतको अपेक्षा गरिएको छ ।  प्रतियोगिताको प्रयोजकबाट ६५ लाख आम्दानी हुने र प्रबेश टिकटबाट मात्र २५ लाख रुपैया उठाउने आयोजकको अनुमान छ ।

यस बर्ष प्रसितयोगितामा सहभागि सबै टिमका खेलाडिको बिमा गर्न लागिएको एन्फा कास्कीले जनाएको छ । त्यस्तै तीन ओटा प्रबेशद्धारमा सिसि क्यामेरा राखिने भएको छ । प्रतियोगितामा सहभागि हुने आयोजक टोलि एक महिनादेखि प्रशिक्षणमा छ । पुष्प केसीको प्रशिक्षणमा घरेलु टोलि पोखराको फुलवारी स्थित आर्मी मैदानमा अभ्यास गरिरहेका छन् । आयोजक पोखराले यस बर्ष दुई बिदेशी सहित नया अनुहारका युवा खेलाडि मैदानमा उतार्ने तयारी गरेको छ ।

टिम ब्यबस्थापक महेन्द्र गुरुङका अनुसार ब्याईज युनियनका किपर राजु योगी सहित बिदेशी खेलाडिहरु ज्याक अप र आवा नोर्बेट सेड्रिकलाई आयोजकको टिममा सामेल गरिएको छ । यी सहित ब्वाईज युनियनका रबि सुवल र असिमजंग कार्की बाहेक अन्य नया खेलाडि पहिलोपटक अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा सहभागि हुन लागेका छन् । प्रतियोगिताको प्रचारप्रसारको लागि भोलि बिहान मोटरसाईकल ¥याली निकालिने भएको छ ।

कमेन्टहरु
Loading...