साफ जिते टिमलाई एकलाख दिने पोखराका बुद्धचार्यको घोषणा

पोखरा, १८ भदौ / मंगलबार देखी सुरु हुने साफ च्याम्पियनसिप नेपाली फुटबल टोलीले जिते १ लाख दिन

घोषणा गरेका छन् । पोखराका नयाँबजारस्थित बजाज मोटरसाईकल शो रुमका ईच्छाशक्ति अटोमोवाईल्स

प्रालिका प्रवन्ध निर्देशक ईच्छामान बुद्धचार्यले नेपाली टिमलाई १ लाख रुपैया दिने घोषणा गरेका हुन् । ‘टिम र

खेलाडीको हौसल र प्रोत्साहन गर्न एकलाख दिने घोषणा गरेको हुँ ।’

नेपाली टिम साफ च्याम्पियनसिपको सेमिफाईनल भन्दा माथि जान सकेको छैन् । जापानीज प्रशिक्षकको

अनुपस्थितिमा टिमको प्रशिक्षकत्व बालगोपाल महर्जनले सम्हालेका छन् । उनकै नेतृत्वमा केही महिनाको

प्रशिक्षणपछि नेपाली टिम बंगलादेश प्रस्थान गरेको हो । नेपाली टिमको आशा र भरोसा अनुभवी किरण

चेम्जोङ, मिडफिल्डर रोहित चन्द र स्ट्राईकर विमल घर्तीमगरको काँधमा छ ।

त्यसो त भरपर्दा मिडफिल्डर विक्रम लामा घाईते छन् । उनको अनुपस्थिति पनि नेपाली टोलीलाई खडकिन

सक्ने सम्भावना छ । त्यसो त डिफेन्समा नेपाल प्रहरीका रविन श्रेष्ठ पनि नेपाली टिममा अनुपस्थिति छन् ।

हुन त नेपाली टोलीले बंगबन्धु गोल्डकप, सोलिडारिटी कप उचाल्दै बनाएको गर्विलो छविलाई बंगलादेशमा फेरी

फर्काउने आशा र विश्वास खेलप्रेमीले लिएका छन् । मंगलबार साफ च्याम्पियनसिप अन्तरगत नेपालले पहिलो

खेल पाकिस्तानसँग बंगबन्धु अन्तर्राष्ट्रिय रंगशालामा खेल्ने छ ।

कमेन्टहरु
Loading...