Ganthan News Pokhara
All news from Pokhara & around

भलिबलमा पुलिस र आर्मीबीच उपाधि भिडन्त

0

पोखरा, १० बैशाख/आठौं राष्टिय खेलकुद प्रतियोगिता अन्तरगत भलिबलमा नेपाल पुलिस र आर्मीबीच पुरुष भलिबलको उपाधि भिडन्त पक्का भएको छ ।

खजुरा शुक्र भलिबल स्टेडियममा भएको पहिलो सेमिफाईनल खेलमा पुलिसले गण्डकी प्रदेशलाई २५–२३,२५–१३,२०–२५ र २५–२० को सेटमा हराउदै फाईनल प्रवेश गरेको छ ।

पुरुषको दोश्रो प्रतिस्पधात्मक सेमिफाईनल खेलमा आर्मीले एपीएफमाथी १८–२५,२५–२२,३१–३३, २५–२१ र १५–११ को कठिन जित निकाल्दै चिरप्रतिद्धन्द्धि पुलिससँग फाईनल भेट पक्का गरेको छ ।

महिलातर्फ एपीएफ र प्रदेश ३ ले सोझो सेटमा जित निकाल्दै उपाधिका लागि प्रतिस्पर्धा गनेै भएका छन् ।

पहिलो सेमिफाईनलमा एपीएफले गण्डकी प्रदेशलाई २५–९,२५–१६ र २५–९ को सेटमा हराउदा प्रदेश ३ ले पुलिसलाई २५–२३,२५–११ र २५–१८ को सेटमा स्तब्ध बनायो ।

अरु सम्बन्धित खबरहरु