CAN

१३ औं सागका स्वर्ण पदक विजेता वोगटी पोखरा म्याराथनमा सहभागी जनाउँदै

109

पोखरा, २ फागुन / भुतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिवार हुने १४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता किरण सिंह वोगटीले सहभागीता जनाउने भएका छन ।

पोखरा म्याराथनमा सहभागि जनाउन पोखरा आइपुगेका धावक वोगटीले सागमा २ घन्टा २१ मिनेट १६ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जितेका थिए । पोखरा म्याराथनले आफूलाई म्याराथन धावकको रुपमा जन्म दिएकोले कहिल्यै विर्सन नसक्ने उनले बताए । उनले भने–“मलाई धावकको रुपमा पोखराले नै जन्म दिएको हो । म पोखरा म्याराथनको उत्पादन भएकोले पुरस्कार जित्न भन्दा पनि सहभागिता हुनैका लागि काठमाडौ बाट आँए ।”

११ औं पोखरा म्याराथन मार्फत पहिलो पटक पोखरा म्याराथन दौडिएका वोगटीले छैटौं स्थानमा आएका थिए । शसस्त्र प्रहरी वल काठमाडौमा कार्यरत उनी ८ औं राष्ट्रिय खेलकुदमा तेश्रो स्थानमा रहेका थिए । साथ पछि आफू अझै निखारिएकोले टाइमिङमा सुधार गर्ने लक्ष्यका साथ दौडने उनले बताए ।

यसै विच पोखरा शहरको भगिनी सम्वन्ध रहेको जापानको कोमागानेका धावक पनि पोखरा आइपुगेका छन । धावक युशुकी नाकाशाकी जापानको कोमागाने शहरमा हालै सम्पन्न हाफ म्याराथनका विजेता समेत हुन । उनी पोखरामा म्याराथनमा सहभागिता जनाउने छन । यसका लागि आफू पुरै तयारीका साथ पोखरा आएको उनले बताए । पोखरा म्याराथनमा सहभागी हुन पाउनु आफ्नो लागि गौरवको विषय भएको जनाउँदै यो सहभागिताले दुवै शहरको सम्वन्ध थप वलियो हुने बताए ।

पोखरा म्याराथनमा डेनमार्ककी २४ वर्षिय धावक शिसिली पनि दौडने भएकी छन । आफ्नो लागि दौड शौखको विषय रहेको जनाउँदै महिलाका लागि कुनै पुरस्कार नभएपनि महिलाहरुलाई म्याराथन मार्फत खेलतर्फ आर्कषित गर्न आफू दौडन लागेको उनले बताइन ।

पोखरा म्याराथनमा सहभागीको संख्या २ हजार नाध्यो

पोखरा म्याराथन अन्तरगत हुने विभिन्न इभेन्टमा सहभागिता जनाउनेको संख्या २ हजार नाघेको छ । फुल म्याराथन ४२.१९५ किलोमिटरमा १२५ जना, १० किलोमिटर महिला पुरुष तर्फ ३५०जना, ५ किलोमिटर छात्र–छात्रा तर्फ १६५० जना, ह्विल चियर, दृष्टीविहिन महिला पुरुष तर्फ करिब १०० जनाको सहभागिता रहेको छ ।

सात हजार दौडने यातायात ठप्प हुने

१४ औं संस्करणको पोखरा म्याराथनमा दर्ता भएका धावक सहित रन फर फनका लागि ७ हजार भन्दा वढी जनामानस पोखरा रंगशाला बाट एकैपटक दौडने भएको छ । पोखरा म्याराथनलाई भव्य रुपमा सफल बनाउन यातयात व्यवसायीहरुले प्रतिवद्धता जनाए पछि करिव ४ घन्टा अत्यावश्यक बाहेक अन्य यातयातका सवारी साधनहरु ठप्प हुने भएका छन ।

यसका लागि कास्की जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयले यातयात व्यवसायी संग मिलेर व्यवस्था गरेको छ । टोल टोल र चोकहरुमा विभिन्न संघ संस्थाहरु, आमा समुहरुले धावकहरुको स्वगतार्थ वाजा गाजा, भजन किर्तन तथा विभिन्न सांस्कृतिक झाकी र भेष भुषामा वस्ने कार्यक्रम तय भइसकेको मञ्चले जनाएको छ ।

पोखरा म्याराथनलाई संघ संस्थाको सहयोग

१४ औं संस्करणको पोखरा म्याराथनलाई सहयोग आउने क्रम जारी रहेको छ । यसै क्रममा लक्ष्मी बैंकले ४० हजार, कृषी विकास बैंकले २ लाख, गण्डकी विकास बैकले १ लाख ११ हजार १ सय ११, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले २१ हजार, कौशिल्या थापा गुरुङले १० हजार, मेजर लक्ष्मी प्रसाद गुरुङ एमभिओले २० हजार, क्या. दुतमान गुरुङले १० हजार, एन.आर.एन ए.हङकङकी अध्यक्ष टिका गुरुङले २५ हजार, दुर्गा गुरुङ अर्मला हाल युके २० हजार र डा विरेन्द्र सिंह गुरुङले २० हजार सहयोग प्रदान गरेका छन ।