पोखरामा ११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड शुरु, ट्रयाक एण्ड फिल्डमा मनिषा र सागरलाई ३/३ स्वर्ण

पोखरा, २३ असार /चार गाँउपालिका र पोखरा महानगरपालिकाबाट छनोट भएका विद्यालयले पोखरा रंगशालामा सोमबारदेखि ११ औं सस्करणको राष्ट्रपति रनिङ शिल्डको लागि प्रतिस्पर्धामा गरिरहेका छन् ।

सोमबार शुरुभएको प्रतियोगितामा छात्र तर्फ कबड्डी प्रतिस्पर्धामा कास्की मोर्डनाईज्डले स्वर्ण, महेन्द्र माविले रजत र माछापुच्छ«े माविले कास्य पदक जितेका छन् । त्यसैगरी छात्रा तर्फको प्रतिस्पर्धामा भने शान्तिदिप बोर्डिङले स्वर्ण पदक जित्दा कास्की मोर्डनाईज्डले रजत र माछापुच्छ«े मावि (माछापुच्छ«े गाँउपालिका) कास्य पदकमा चित्त बुझाएको छ । भलिबल छात्रा तर्फ निष्पक्ष माविले तेस्रो स्थानमा रहदाँ स्वर्ण पदकको लागि छोरेपाटन माविले टप्स माविसँग प्रतिस्पर्धा गर्ने छ ।

एथलेटिक्स तर्फको १५ सय मिटर दौडमा छात्र तर्फ विवेक परियार ज्ञानज्योति मावि(माछापुच्छ«े गाउँपालिका)ले ४ मिनेट ५४ दशमलव ३४ सेकेण्डमा दौड पुरा गर्दै स्वर्ण पदक जिते । त्यसैगरी गौरीशंकर मावि(हेमजा, पोखरा)का दिलिप बुढाथोकीले ५ मिनेट ०७.९९ सेकेण्डमा पुरा गर्दै रजत र मर्निङस्टार(अन्नपूर्ण गाँउपालिका)का दिपक सुनारले ५ मिनेट १३.६० सेकेण्डमा पुरा गर्दै कास्य पदक जिते ।

छात्रा तर्फको प्रतिस्पर्धामा गौरीशंकर मावि(हेमजा, पोखरा)की ओममाया फगामीले स्वर्ण जित्न ५ मिनेट ५७.७७ सेकेण्डको समय लगाईन् । उदय मावि(माछापुच्छ«े)की विनु विकले ६ मिनेट ०५.६५ सेकेण्डमा पुरा गर्दै रजत र बहादुरे मावि(अन्नपूर्ण)की पूर्णिमा विकले ७ मिनेट ०१.२० सेकेण्डका समयमा पुरा गर्दै कास्य पदक जितिन् ।

१ सय मिटर छात्र तर्फको दौडमा भने कुमुदिनी होम्स(पोखरा) का सागर नेपालीले ११.७६ सेकेण्डमा पुरा गर्दै स्वर्ण, लक्ष्मी आर्दश(पोखरा)का सुदिप जोशीले १२.१० सेकेण्डमा पुरा गर्दै रजत र महेन्द्र मावि(माछापुच्छ«्े)का ईश्वर परियारले १७.६५ सेकेण्डमा पुरा गर्दै कास्य पदक जिते ।

छात्रा तर्फको सोही इभेण्टमा गौरी शंकरकी अनिषा भण्डारीले १३.९४ सेकेण्डमा पुरा गरिन् । बहादुरे मावि(अन्नपूर्ण)की मेलिना भुजेलले १४.४५ सेकेण्ड र दुर्गा भवानी मावि(अन्नपूर्ण)की आशिका अधिकारीले १५.७० सेकेण्डमा पुरा गरिन् । २ सय मिटर दौड छात्र तर्फ लक्ष्मी आर्दश(पोखरा)का सुदिप जोशीले २६.५७ सेकेण्डमा दौड पुरा गर्दै स्वर्ण जिते । म

हेन्द्र मावि(माछापुच्छ«े)का कृष्ण गुरुङले २८.८० सेकेण्डमा पुरा गर्दै रजत र मर्निङस्टार (अन्नपूर्ण) का विराज परियारले २८.९६ सेकेण्डमा दौड पुरा गर्दै कास्य पदक जितेका छन् ।
छात्रा तर्फको प्रतिस्पर्धामा अनिषा भण्डारी(गौरीशंकर, हेमजा)ले ३१.६० सेकेण्डमा दौड पुरा गरिन् । विनिता भण्डारी(पृथ्वीनारयण मावि, माछापुच्छ«े)ले ३५.२१ सेकेण्डको समय लगाईन ।

सुमित्रा अधिकारी(उदय मावि, माछापुच्छ«े)ले ३६.८३ सेकेण्डमा दौड पुरा गरेकी थिईन् । ४ सय मिटर छात्र तर्फको इभेण्टमा निरज सुनार(बहादुरे मावि, अन्नपूर्ण)ले १ मिनेट ०३.७३ सेकेण्ड, महादेव अधिकारी(महेन्द मावि) ले १ मिनेट ०४.२२ सेकेण्ड र प्रवेश विक(विश्वशान्ति मावि, रुपा गाँउपालिका)ले १ मिनेट ०४.७६ सेकेण्डमा पुरा गर्दै स्वण, रजत र कास्य पदक जिते ।

छात्रा तर्फको प्रतिस्पर्धामा टप्स मावि(पोखरा)का सविना बानुले १ मिनेट १५.०४ सेकेण्डमा पुरा गर्दै स्वर्ण, टप्सकै रेष्मा भण्डारीले १ मिनेट १७.५८ सेकेण्डमा पुरा गर्दै रजत र सुमित्रा अधिकारी(उदय मावि ,माछापुच्छ«े)ले १ मिनेट १९.५० सेकेण्डमा पुरा गर्दै कास्य पदक जितिन् । लङजम्प अन्तर्गत छात्र तर्फ टप्सका कृष्ण गुरुङले ५.१० मिटर जम्प गर्दै स्वर्ण जित्दा बेथानी बोर्डिङ(पोखरा)का रोशन सुनारले ४.४२ मिटर उत्रिएर रजक पदक जिते । छात्रा तर्फ भने गौरी शंकरी सृष्टि पौडेले स्वर्ण पदक जितिन् ।

त्रिपलजम्प तर्फ छात्रमा कुमुदिनी होम्सका सागर नेपालीले ११.५९ मिटर जम्प गरेर स्वर्ण जित्दा छात्रा तर्फ भने गौरी शंकरकी अनिषा भण्डारीले ८.१० मिटर जम्प गरेर स्वर्ण र गौरी शंकरकै मीना नेपालीले ७.९५ मिटर जम्प गरेर रजत पदक जितिन् । हाईजम्प तर्फ सागर नेपालीले व्यक्तिगत तेस्रो स्वर्ण पदक जिते । उनले १.५५ मिटर जम्प गरेका थिए । मनदिप आचार्य(माछापुच्छ«े मावि माछापुच्छ«े)ले १.५० मिटरसहित रजत र बहादुर मावि(अन्नपूर्णंका निरज सुनारले १.४५ मिटरको उचाई उफ्रिएर कास्य पदक जिते ।

छात्रा तर्फको प्रतिस्पर्धामा भने टप्सकी सबिना बानुले १.३० मिटर, टप्सकै आस्था केसीले १.२५ मिटर र उदय माविकी प्रतिक्षा विक र माछापुच्छ«े माविकी सुनिता विकले १.२० मिटर जम्प गरेर कास्य पदक जित्न सफल भए । प्रतियोगिताको गण्डकी प्रदेश सदस्य एवं पोखराका पूर्व मेयर कृष्ण थापाले उदघाटन गरेका थिए । ३० विद्यालयले सहभागिता जनाएका छन् ।

रुपा र मादी गाँउपालिकाबाट दुई/दुई विद्यालयले सहभागिता जनाएका छन् । अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकाबाट ७/७ विद्यालय र पोखरा महानगरबाट १२ विद्यालय गरी ३० विद्यालयले विभिन्न इभेण्टमा प्रतिस्पर्धा गरेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।

कमेन्टहरु
Loading...