प्रदेशस्तरीय राष्ट्रिय महिला हक्कीमा प्रदेश नं ४ उपविजेतामा सिमित

पोखरा, १६ वैशाख/मकवानपुर हक्की संघको आयोजनामा सञ्चालित प्रदेशस्तरीय महिला राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि नेपाल आर्मी क्लबले जितेको छ । शुक्रबार फाईनलमा प्रदेश नं ४ (पश्चिमाञ्चल)लाई ४–० गोलले पराजित गर्दै उपाधि उचाल्यो ।

प्रशिक्षक विना प्रशिक्षण गरेर प्रतियोगितामा सहभागिता जनाएको प्रदेश नं ४ ले उपविजेता बन्दै प्रतियोगिताको टुग्याउँदा उत्कृष्ठ खेलाडीको पुरस्कार समेत पाउन सफल रह्यो । प्रदेश नं ४ की समीक्षा पुन(गोलकिपर) उत्कृष्ठ खेलाडी घोषित भईन् ।
राष्ट्रिय खेलकुद परिषदको समन्वयमा सञ्चालित प्रतियोगितामा विभागियसहित ६ टोलीको सहभागिताको रहेको थियो । विजेता आर्मीले ५१ हजार, उपविजेता प्रदेश नं ४ ले ३१ हजार र तेस्रो हुने प्रदेश नं ७ ले २१ हजार नगदसहित शिल्ड, पदक तथा प्रमाणपत्र प्राप्त गरे ।

छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा चौथो स्थानमा रहेको महिला हक्की टोलीले दुईवर्षपछि दोस्रो स्थानमा उक्लिएको हो । हक्कीको लागि पोखरामा आवश्यक पुर्वाधार नै छैन् । पुर्वाधारसँगै प्रशिक्षकसमेतको अभावमा प्रशिक्षण गरेर उपविजेता बन्नु नै गर्विलो महशुस भएको पुर्व राष्ट्रिय हक्की खेलाडी हिमाल खड्काले बताए । उनीसँगै कास्की जिल्ला हक्की संघका अध्यक्ष सन्जोग थापाको समेत प्रतियोगिताका उपस्थिति थिए ।

कमेन्टहरु
Loading...